१२ जीबी र्याम र एन्ड्रोएड १० सँगै वेबसाइटमा लिस्ट भयो भीभोको दुईवटा ५जी स्मार्टफोन

Technology Khabar ५ फाल्गुन २०७६, सोमबार

१२ जीबी र्याम र एन्ड्रोएड १० सँगै वेबसाइटमा लिस्ट भयो भीभोको दुईवटा ५जी स्मार्टफोन
भीभो भी १७प्रो
NTC_Advt

काठमाडौं । टेक कम्पनी भीभोले भारतमा आउँदो ३ मार्चमा आफ्नो भी सीरीजको नयाँ स्मार्टफोनको रुपमा भीभो भी १९ र भीभो भी १९ प्रो लन्च गर्ने भएको छ ।

कम्पनीले हाल ५जी स्मार्टफोनमा काम गरिरहेको र कम्पनीको यस फोनलाई चिनियाँ बेन्चमार्किग साइट गीकबेन्चमा लिस्ट भएको देखिएको छ । गीकबेन्चको लिस्टिंगबाट यी स्मार्टफोनहरुको स्पेसिफिकेशन्सको खुलासा भएको छ ।

गीकबेन्चमा भीभोका यी दुई स्मार्टफोनहरु भीभो पिडी१६०२ र भिभो पिडी१७२८ मोडल नम्वरसँगै लिस्ट भएका छन । दुबै स्मार्टफोनको लिस्टिङ १२ फरवरीमा भएको हो । यस लिस्टिङमा भीभोको यस स्मार्टफोन कुन सीरीजको हुन्छ भन्ने कुरा भने खुलेको छैन । तर यसको स्पेशिफिकेशन्सहरुबाट भीभोले यी डिभाइसहरुलाई फ्ल्यागशिप सेग्मेन्टको रुपमा ल्याउने प्रष्ट भएको छ ।

भीभो पिडी१६०२ मोड्लको कुरा गर्दा यसमा एन्ड्रोएडको लेटेस्ट ओएस एन्ड्रोएड १० रहेको छ । त्यस्तै फोनमा १.८० गीगाहर्जको क्लक स्पीड रहेको अक्टाकोर प्रोसेसर रहने कुरा गीकबेन्चमा जनाईएको छ । मदरबोर्ड सेग्मेन्टमा कोनाको कुरा गरिएको छ । यस स्मार्टफोनमा क्वालकमको स्नापड्रयाग ८६५ चिपसेटक रहने छ । यस चिपसेटबाट भिभो यस स्मार्टफोन मा ५जी कनेक्टिभिटि रहने स्पस्ट भएको छ । त्यस्तै स्मार्टफोनमा कम्पनीले ८जीबी रयाम दिने कुरा गीकबेन्चमा रहेको छ ।

भीभोको अर्को स्मार्टफोन भीभो पिडी१७२८ को कुरा गर्दा गीकबेन्चमा यसलाई १२जीबी र्याम सहित लिस्ट भएको देखिएको छ । लिस्टिङ अनुसार यसमा पनी कम्पनीले एन्ड्रोएड १० ओएस दिएको छ । त्यस्तै यसमा १.८० गीगाहर्ज क्लक स्पीडको अक्टाकोर प्रोसेसर रहेको छ । लिस्टिङअनुसार यसमा पनि कोना मदरर्बोड रहेको छ । यस स्मार्टफोनमा पनि क्वालकमको ५जी कनेक्टिभिटि भएको स्नापड्रयागन ८६५ चिपसेट रहेको छ ।

गीकबेन्च स्कोरको कुरा गर्दा भीभो पिडी१६०२ को सिंगल कोरमा ९२६ स्कोर दिइएको छ भने मल्टि कोरमा यस स्मार्टफोनलाई ३३२१ स्कोर प्राप्त भएको छ । त्यस्तै भीभो पिडी१७२८ को सिगंल कोरमा ९२३ स्कोर दिइएको छ भने मल्टि कोरमा यस फोनलाई ३३९५ स्कोर प्राप्त भएको छ ।

कम्पनीले यसलाई कहिले लन्च गर्ने छ भन्ने कुरा पनि सार्वजनिक गरेको छैन तर यसलाई ३ मार्चमा भारतीय बजारमा लन्च गर्न सक्ने अनुमान गरिएको छ । एजेन्सी

प्रकाशित: ५ फाल्गुन २०७६, सोमबार