Technology Khabar ५ फाल्गुन २०७६, सोमबार
काठमाडौं ।
काठमाडौं । कोरोनाभाइरसको असर स्मार्टफोन मार्केटमा पनि देखिन थालेको छ । यसैको ताजा उदाहरणको रुपमा शाओमीको स्मार्टफोन रेड्मी नोट ८ को मुल्य भारतमा वृद्धि भएको छ । कम्पनीले हालै रेड्मी नोट ८ को भारतीय मुल्यमा ५०० भारतीय रुपैयाँ वृद्धि गर्ने घोषणा गरेको छ ।
यद्पी यो मुल्य वृद्धि केहि समयको लागी मात्रै रहेको र भाइरसको प्रभाव कम भएसँगै यस स्मार्टफोनलाई भारतीय ग्राहकहरुले पहिलेकै मुल्यमा किन्न सक्ने छन् बताईएको छ । त्यस्तै अनलाईन साइट अमेजनमा पनि यो आउट अफ स्टक भएको देखिएको छ । कम्पनीले यसलाई चाँडै नै साइटमा बिक्रीको लागी उपलब्ध गराउने जनाएको छ ।
हाल कम्पनीले रेडमी नोट ८ मा मात्रै मुल्य वृद्धि भएको बताएको छ । यस स्मार्टफोनमा ४जीबी र्याम र ६४ जीबी स्टोरेज रहेको छ । मुल्य वृद्धि अघि यस स्मार्टफोनलाई कम्पनीले ९,९९९ भारुमा भारतीय बजारमा उपलब्ध गराएको थियो भने हाल यसको मुल्य १०,४९९ भारतीय रुपैयाँ पुगेको छ ।
कम्पनीले यसलाई नयाँ मुल्य सँगै एमआई डटकम र अमेजन लिस्टेड गरेको छ । तर हाल अमेजनमा यो आउट अफ स्टक रहेको छ । अमेजनले यस स्मार्टफोनको ४जीबी र्याम र ६जीबी र्यामका दुई भेरियन्टलाई १८ फरवरी सम्ममा उपलब्ध गराइसक्ने बताएको छ । एजेन्सी
प्रकाशित: ५ फाल्गुन २०७६, सोमबार