ह्वावेलाई अमेरिकी कम्पनीहरुबाट आपूर्ति गर्न थप ४५ दिनको सुबिधा

Technology Khabar ४ फाल्गुन २०७६, आईतवार

ह्वावेलाई अमेरिकी कम्पनीहरुबाट आपूर्ति गर्न थप ४५ दिनको सुबिधा
NTC_Advt

काठमाडौं । अमेरिकी प्रशासनले चिनियाँ टेक जायन्ट ह्वावेलाई थप ४५ दिनको सुविधा उपलब्ध गराएको छ । सो थप ४५ दिनको समयमा ह्वावे टेक्नोलोजीज कम्पनी लिमिटेडले अमेरिकी कम्पनीहरुसँग व्यवसाय गर्न सक्ने सुविधा पाएको हो ।

ह्वावेलाई गएको मे महिनामा कालोसूचीमा राखेसँगै अमेरिकाले निश्चित समय तोकेर अमेरिकी सेवा तथा सामाग्रीहरु किन्ने सुविधा दिँदै आएको छ । हालको थप समय ग्रामीण अमेरिकामा संचालिन नेटवर्कहरुलाई कम क्षति होस भन्ने चाहनाका साथ आएको बताईएको छ ।

नयाँ ४५ दिनको सुविधा दिने निर्णय अमेरिकी सरकारले ह्वावेमाथि अमेरिकी उत्पादनहरु किन्न रोक लगाउने व्यवस्थालाई थप कडाई गर्न लागेको बेलामा आएको छ ।

नयाँ निर्णयसँगै ह्वावेले अब फरबरी १६ मा सकिने हालको समयावधिमा थप ४५ दिनको सुविधा पाएको हो । एजेन्सी

प्रकाशित: ४ फाल्गुन २०७६, आईतवार