यी पाँच जिल्लाका स्थानिय तहहरुमा ब्रोडब्याण्ड नेटवर्क बिस्तार गर्दै दूरसंचार प्राधिकरण

Technology Khabar ४ फाल्गुन २०७६, आईतवार

यी पाँच जिल्लाका स्थानिय तहहरुमा ब्रोडब्याण्ड नेटवर्क बिस्तार गर्दै दूरसंचार प्राधिकरण
फाइल फोटो: नेपाल दूरसञ्चार प्राधिकरणको पुरानो कार्यालय भवन

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले पाँच जिल्लाका स्थानिय तहमा ब्रोडब्याण्ड कनेक्टिभिटी पुर्याउन टेण्डर आव्हान गरेको छ । प्राधिकरणले दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुर जिल्लाका स्थानिय तहहरुमा ब्रोडब्याण्ड नेटवर्क बिस्तार गर्न लागेको हो ।

ती जिल्लाहरुमा अप्टिकल फाइबर तथा माइक्रोवेभ टेक्नोलोजीमार्फत ब्रोडब्याण्ड पुर्याउनका लागि इन्टरनेट सेवा प्रदायकहरुबाट प्रस्ताव आव्हान गरेको छ ।

तोकिएका ५ जिल्लाहरुका नगरपालिका, गाउँपालिका, वडा कार्यालयहरु, स्वास्थ्य चौकीहरु तथा सार्वजनिक तथा सामुदायिक विद्यालयहरुमा टेण्डर प्राप्त गर्ने कम्पनीले इन्टरनेट सेवा पुर्याउनुपर्नेछ ।

सो ब्रोडब्याण्ड नेटवर्कका लागि दूरसंचार प्राधिकरणले ग्रामीण दूरसंचार विकास कोषको रकम प्रयोग गर्नेछ ।

सो टेण्डरमा सहभागी हुनका लागि कम्पनीहरुले पछिल्लो ती वर्षमा कम्तिमा ग्रामीण दूरसंचार विकास कोषमा १० लाख रुपैयाँ वार्षिकरुपमा योगदान गरेको हुनुपर्नेछ भने कम्तिमा १ हजार किलोमिटरको नेटवर्क संचालन गरिरहेको हुनुपर्ने मापदण्ड तोकिएको छ । त्यसैगरि ५ हजार भन्दा बढि ग्राहक भएका इन्टरनेट सेवा प्रदायकहरुले मात्र सहभागीता जनाउन सक्नेछन् ।

प्राधिकरणले उल्लेखित ५ जिल्लाहरुमा ब्रोडब्याण्ड बिस्तार गर्न २ करोड ५० लाख रुपैयाँ छुट्याएको जनाएको छ ।

पुरै सूचना हेर्न यहाँ क्लीक गर्नुस् ।

Global Bank
easy care

प्रकाशित: ४ फाल्गुन २०७६, आईतवार

ताजा समाचार