Technology Khabar ३ फाल्गुन २०७६, शनिबार
काठमाडौं ।
काठमाडौं । हाल स्मार्टफोनलाई मार्केटमा दिइने कयौँ फीचरहरु र स्पेसिफिकेशनहरुसँगै लन्च गरिन्छ । त्यस्तै ग्राहकहरुले पनि स्मार्टफोन किन्ने बेलामा स्मार्टफोनको फीचरहरु र स्पेसिफिकेशनहरु मा ध्यान दिने गर्दछन् । तर यसबाट निक्लने रेडिएशनबारे भने उनीहरु बेखबर जस्तै हुन्छन् ।
आज हामी यस्तै १० स्मार्टफोनको बारेमा कुरा गर्छौं जसमा कुन फोनले सबैभन्दा बढि र सबैभन्दा कम रेडिएशन निकाल्ने गर्दछन । स्मार्टफोनबाट निक्लिने रेडिएशन को रेटलाई जर्मन फेडलर अफिस र रेडियशन प्रोटेक्शनले स्पेसिफिक अब्जरभेशन रेट (एसएआर) को आधारमा तयार गरि शेयर गरेको हो ।
जसमा सबैभन्दा धेरै रेडिएशन निकाल्ने स्मार्टफोनको रुपमा शाओमी र वानप्लस ब्रान्डको स्मार्टफोन रहेको छ भने कम रेडियशन निकाल्नेमा सामसङको स्मार्टफोन रहेको छ ।
१. स्मार्टफोनहरु मध्येमा सबैभन्दा धेरै रेडियशन निकाल्ने स्मार्टफोनको रुपमा शाओमीको एमआई ए१ टप लिस्टमा रहेको छ । यस फोनको एसएआर १.७४ वाट प्रति किलोग्राम रहेको छ ।
२. यस लिस्टको दोस्रो नम्वरमा वानप्लसको ५टी स्मार्टफोन रहेको छ । यसको एसएआर १.६८ वाट प्रति किलोग्राम रहेको छ ।
३. लिस्टको तेस्रो नम्वरमा शाओमीको नै एमआई म्याक्स ३ रहेको छ । जसको एसएआर १.५८ वाट प्रति किलोवाट रहेको छ ।
४. लिस्टको चौथो नम्वरमा वानप्लसको ६टी रहेको छ । जसको एसएआर १.५५ वाट प्रतिकिलोग्राम रहेको छ ।
५. यस लिस्टको पाँचौ नम्वरमा एचटिसिको एचटिसि यू १२ लाइफ स्मार्टफोन रहेको छ । जसको एसएआर १.४८ वाट प्रति किलोग्राम रहेको छ ।
कम रेडियशन निकाल्ने स्मार्टफोनहरु यी हुन् –
१. स्मार्टफोन मध्येमा सबैभन्दा कम रेडिएशन निकाल्ने स्मार्टफोनको पहिलो नम्वरमा सामसङको ग्यालेक्सी नोट ८ र जेडटिईको एक्सोन इलाईट रहेको छ । जसको एसएआर ०.२४ वाट प्रति किलोग्राम रहेको छ ।
२. यस लिस्टको दोस्रो नम्वरमा एलजीको जी७ र सामसङको ग्यालेक्सी ए८ रहेका छन् । जसको एसएआर ०.२४ वाट प्रति किलोग्राम रहेको छ ।
३. यसको तेस्रो नम्वरमा सामसङको ग्यालेक्सी ए८ प्लस र ग्यालेक्सी एस७ एज रहेको छ । जसको एसएआर ०.२६ प्रति किलोग्राम रहेको छ ।
४. लिस्टको चौथो नम्वरमा एचटिसीको यू११ लाईफ, एलजीको क्यु६ र क्यु६ प्लससँगै सामसङको ग्यालेक्सी एस ९ प्लस रहेको छ । जसको एसएआर ०.२९ प्रति किलोग्राम रहेको छ ।
५. कम रेडियशन निकाल्ने स्मार्टफोनहरुको सुचिमा मोटोरोलाको मोटो जी प्लस र मोटो जेड रहेको छ । जसको एसएआर ०.३० प्रति किलोग्राम रहेको छ । एजेन्सीका साथमा
प्रकाशित: ३ फाल्गुन २०७६, शनिबार