फेसबुकमा २७ करोड ५० लाख नक्कली एकाउन्ट भएको अनुमान

Technology Khabar ३ फाल्गुन २०७६, शनिबार

फेसबुकमा २७ करोड ५० लाख नक्कली एकाउन्ट भएको अनुमान

काठमाडौं ।

काठमाडौं । सोशल नेटवर्किङ्ग साइट फेसबुकमा करिव २७ करोड ५ लाख फेक वा एकै व्यक्तिकै अन्य अकाउन्ट रहेको हुनसक्ने अनुमान लगाइएको छ । फेसबुकले ३१ डिसेम्वर २०१९ सम्मको आफ्नो ताजा रिर्पोटमा यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

रिर्पोटमा ३१ डिसेम्वर २०१९ सम्ममा फेसबुकको मासिक एक्टिभ प्रयोगकर्ताहरुको संख्या २.५० रहेको र यो २०१८ को अन्तिम महिनाको तुलनामा ८ प्रतिशतले बढि रहेको बताईको छ । रिर्पोटले २०१९ को अन्तिम त्रैमासिकमा नक्कली वा एकै व्यक्तिको दोहोरो अकाउन्टको अनुपात मासिक एक्टिभ प्रयोगकर्ताहरुको संख्या लगभग ११ प्रतिशत रहेको बताईएको छ त्यस्तै फेसबुकले यस्ता एकाउन्टहरु धेरै बिकसित बजारहरुभन्दा बिकासशिल रहेका बजारहरु इन्डोनेशिया र फिलिपिन्स जस्ता मुलुकहरुमा बढि रहेको बताएको छ ।

फेसबुकले यस्ता अकाउन्टलाई प्रयोगकर्ताले आफुले धेरै चलाउने अकाउन्टको विकल्पको रुपमा राख्ने गरेको पनि जनाएको छ ।

यस्तै फेसबुकको स्वामित्व रहेको कम्पनी ह्वाटसएपले भारतमा फेक न्युजको बारेमा भारत सरकारसँग कुराकानी गरिरहेको खबरहरुपनि सार्वजनिक भएको छ । खबरहरुका अनुसार ह्वाट्सएपलाई चाँडै नै भारतमा बन्द गर्न सकिने छ ।

भारतमा कारोवार गरिरहेका सोसल मिडिया कम्पनीहरुमा यदि भारत सरकारले प्रस्ताव गरेको नियम लागू भएमा यसबाट ह्वाट्सएपको वर्तमानमा रुपको अस्तित्वमा खतरा हुन सक्ने छ । यसको जानकारी कम्पनीमा कार्यरत एक उच्च कर्मचारीले दिएको भारतीय समाचार संस्थाहरुले लेखेका छन्। हाल ह्वाट्सएपको विश्वभरमा २ अर्व ह्वाट्सएप प्रयोगकर्ताहरु रहेका छन्। एजेन्सी

easy care

प्रकाशित: ३ फाल्गुन २०७६, शनिबार

ताजा समाचार