शाओमी ले लन्च गर्यो एमआई १० र एमआई १० प्रो, १०८ मेगापिक्सलको क्वाड रियर क्यामरा

Technology Khabar २ फाल्गुन २०७६, शुक्रबार

शाओमी ले लन्च गर्यो एमआई १० र एमआई १० प्रो, १०८ मेगापिक्सलको क्वाड रियर क्यामरा
Classic Tech

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी शाओमीले एमआई १० र एमआई १० प्रो स्मार्टफोनलाई लन्च गरेको छ । कम्पनीले हाल यसलाई चिनियाँ बजारमा लन्च गरेको हो । कम्पनीको यि दुबै स्मार्टफोन एन्ड्रोएडको लेटेस्ट भर्जन एन्ड्रोएड १० बेस्ड शाओमीको कस्टम अपरेटिंग सिस्टममा आधारित छन् ।

शाओमीले एम १० लाई तीन भेरियन्टसँगै प्रस्तुत गरेको छ । यसको बेस भेरियन्टमा ८जीबी र्यामसँगै १२८ जीबी स्टोरेज रहेको छ । त्यस्तै दोस्रो भरियन्टमा ८जिबी र्याम र २५६ जीबीको स्टोरेज रहेको छ भने एमआई १० को टप भेरियन्टमा १२जीबी र्याम र २५६ जीबी स्टोरेज प्रदान गरिएको छ ।

त्यस्तै एमआई १० प्रो यस सीरीजको प्रिमियम भर्जन हो । एमआई १० प्रो को बेश भेरियन्टमा ८जीबी र्याम र २५६ जीबी स्टोरेज रहेको छ । सँगै दोस्रो भेरियन्टमा ८जीबी र्याम र २५६ जीबी स्टोरेज रहेको छ र यसको टप मोडलमा १२ जीबी र्यामसँगै ५१२ जीबीको स्टोरेज रहेको छ ।

शाओमीको एमआई १० स्मार्टफोनको बिशेषताहरुको कुरा गर्दा यस स्मार्टफोनमा ६.७ इन्चको फुल एमोलेड डिस्प्ले रहेको छ । यस डिस्प्लेको रिफ्रेश रेट ९०एचजेड रहेको छ । कम्पनीको अनुसार यसको टच स्याम्पलिंङ १८०एचजेड को रहेको छ । कम्पनीले यस स्मार्टफोनमा क्वालकमको फ्ल्यागशिप चिपशेट स्नापड्रयागन ८६५ प्रदान गरेको छ ।

यस स्मार्टफोनमा ४,७८० एमएएचको ब्याट्री रहेको छ र यससँगै ३० वाटको फास्ट चार्जिंगको सर्पोटपनि रहेको छ । यसफोनले १० वाटको रिर्भस चार्जिंगलाई पनि सर्पोट गर्दछ ।

कम्पनीले यस स्मार्टफोनमा फोटोग्राफिको लागी चार रियर क्यामरा (क्वाड) सेटअप प्रदान गरेको छ । यसको प्राइमरी लेन्स १०८ मेगापिक्सलको रहेको छ । त्यस्तै दोस्रो क्यामरा १३ मेगापिक्सलको र अरु दुई लेन्स २–२ मोगापिक्सलको रहेको छ ।

कम्पनीले सार्वजनिक गरेको अर्को स्मार्टफोन शाओमी एमआई १० प्रो को कुरा गर्दा यस स्मार्टफोनमा ६.६७ इन्चको ९०एचजेड रिफ्रेश रेट भएको एमोएलईडी कभ्र्ड डिस्प्ले रहेको छ । त्यस्तै यस स्मार्टफोनमा पनि १८०एचजेडको टच रिफ्रेश रेट रहेको छ । यस स्मार्टफोनले ५जी सर्पोट गर्दछ र यसमा पनि क्वालकमको लेटेस्ट चिपसेट स्नापड्रयागन ८६५ प्रोसेसर रहेको छ ।

एमआई १० प्रो मा फोटोग्राफीको लागी चार रियर क्यामरा (क्वाड) सेटअप रहेको छ । जसको प्राइमरी क्यामरा सेन्सर १०८ मेगापिक्सलको रहेको छ । त्यस्तै यसको दोस्रो क्यामरा सेन्सर २० मेगापिक्सलको रहेको छ भने तेस्रोमा १२ मेगापिक्सलको सेन्सर प्रयोग भएको छ । यस स्मार्टफोनको चौथो क्यामरा मा ८ मेगापिक्सलको सेन्सर प्रयोग भएको छ ।

यस स्मार्टफोनको ब्याट्री ४,५०० एमएएच पावरको रहेको छ भने यसमा ५० वाटको फास्ट चार्जिंगको सर्पोट रहेको छ । यस स्मार्टफोनले वायरलेस चार्जिंगलाई सर्पोट गर्दछ जसलाई प्रयोगकर्ताले क्युआई एनेबल्ड वायरलेस चार्जरले चार्ज गर्न सक्दछन ।

कम्पनीले लन्च गरेको यि दुबै स्मार्टफोनको मुल्यको कुरा गर्दा शाओमी एमआई १० को सुरुवाती मुल्य ३,९९९ चाइनिज युआन रहेको छ । त्यस्तै यसको टप मोड्लको मुल्य ४,६९९ यूआन तोकिएको छ ।

कम्पनीको अर्को स्मार्टफोन शाओमी एमआई प्रो को शुरुवाती मुल्य ४,९९९ यूआन रहेका छ भने यसको टप मोड्लको मुल्य ५,९९९ तोकिएको छ । एजेन्सी

प्रकाशित: २ फाल्गुन २०७६, शुक्रबार

Comments are closed.

Loading...