कोरोनाभाईरस संक्रमण बारे जानकारी दिन चीनले बनायो ‘क्लोज कन्ट्याक्ट डिटेक्टर’ एप

काठमाडौं । चीनले भर्खरै एक यस्तो एप तयार गरेको छ जसले सो एप चलाउने व्यक्ति कोरोनाभाइरस संक्रमित कुनै व्यक्तिको सम्पर्कमा रहेको वा नरहेको जाँच गर्दछ । यस एपको नाम क्लोज कन्ट्याक्ट डिटेक्टर राखिएको छ ।

यस एपले यूजरहरुलाई भाइरसबाट संक्रमित व्यक्ति वा संक्रमण रहेको शंका भएको व्यक्तिको सम्पर्कमा आउँदा नोटिफाई गर्नेछ । यसपछि एपले भाइरस सक्रमित व्यक्तिलाई घरमै बस्न वा स्थानिय हेल्थ अथोरिटीलाई जानकारी गराउन आग्रह गर्दछ ।

यस एपमा जाँच गर्नको लागी यूजरले सोशल मिडिया प्लेटफर्म वीच्याट जस्ता एपको प्रयोग गरेर आफ्नो स्मार्टफोनमा क्विक रेस्पोन्स (क्युआर) कोडलाई स्क्यान गर्नु पर्दछ ।

यूजरको फोन नम्वरसँगै एक पटक एप रजिस्टर्ड भएपछि यूजरहरुले आफ्नो नाम र आईडि नम्वर इन्टर गर्न भनिने छ । प्रत्येक रजिस्टर्ड फोन नम्वरको उपयोग तीन आईडी नम्वरसम्मको स्ट्याटस चेक गर्नको लागी प्रयोग गर्न सकिने छ ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार यस एपलाई चीनको सरकारी बिभागहरु र इलेक्ट्रोनिक्स टेक्नोलोजी ग्रुप कर्पोरेशनले सँयुक्त रुपमा बिकास गरेका हुन र यो एप हेल्थ र ट्रान्सर्पोट अथोरिटीको डाटाबाट सपोर्टेड रहेको छ ।

उदाहरणको लागी यदि यस एपको प्रयोग फ्लाइटमा गरिएको छ र त्यहाँ कुनै संक्रमित व्यक्तिसँगै बसेका प्यासेन्जरहरु र केबिन स्टाफलाई यस एपको क्लोज कन्ट्याक्टमा शामेल गर्दछ । त्यस्तै बाँकि रहेका प्यासेन्जरहरुलाई यसले जनरल कन्ट्याक्टमा रेर्कड गर्ने छ ।

तर सो एपले कसरी कोरोना भाइरस संक्रमण भए नभएको पत्ता लगाउँछ भन्ने जानकारी रिपोर्टमा छैन् । एजेन्सी

Loading...

Leave a Reply