विन्डोज १० मा २८ फरवरीदेखि फेसबुकको एप नचल्ने, अब यसरी प्रयोग गर्नुस्

काठमाडौं । विन्डोज १० को लागी फेसबुकले निकै पहिले एप लन्च गरेको थियो । तर अब यो प्रयोगकर्ताहरुका लागी विन्डोज १० मा उपलब्ध नहुने भएको छ । एक यूजरलाई फेसबुकले पठाएको एक इमेलमा आउँदो २८ फरवरीदेखि फेसबुक एपले यसमा काम गर्न बन्द गर्ने उल्लेख गरिएको छ ।

यदि फेसबुक प्रयोगकर्ताहरुले विन्डोज १० कम्प्युटरको वेब ब्राउजरबाट फेसबुक प्रयोग गरिरहेको भए उनिहरुलाई भने कुनै सम्मस्या रहने छैन । अब प्रयोगकर्ताले फेसबुकको सबै फीचरहरु विन्डोज १० कम्प्युटरको वेब ब्राउजरबाट पाउन सक्दछन् ।

फेसबुकले प्रयोगकर्ताहरुलाई बेस्ट एक्सपेरिएन्सको लागी विन्डोज एजसहित अन्य ब्राउजरका लेटेस्ट र अपडेटेड भर्जन प्रयोग गर्न भनेको छ ।

फेसबुकले पहिले नै विन्डोज १० को लागी आफ्नो एप लन्च गरेको भएतापनि यसको प्रयोग कमै फेसबुक प्रयोगकर्ताहरुले गर्ने गदर््थे । फेसबुकको विन्डोज १० मा रहेको रेटिंगको कुरा गर्दा यसले ३.३ रेटिंग पाएको थियो । त्यस्तै यसको रिभ्युज पनि १,१२६ मात्रै रहेको छ ।

एमएसपावरयुजरको एक रिर्पोटअनुसार फेसबुकले एक यूजरलाई म्यासेजमा यूजरले विन्डोज डेक्सटप एप प्रयोग गर्ने भए २८ फरवरी २०२० बाट यो एप बन्द हुने र यसका लागी सतर्क रहन भनेको छ । त्यस्तै फेसबुकले वेब ब्राउजरबाट फेसबुक एक्सेस गर्न सकिने पनि यस म्यासेजमा बताएको छ ।

महत्वपुर्ण कुरा विन्डोज १० को लागी रहेको फेसबुक एप बगको कारणले गर्दा स्लो काम गर्दथ्यो । यसको प्रयोग गर्दा यो लगातार क्रयास हुने गर्दथ्यो । एजेन्सी

Loading...

Leave a Reply