नेपाल टेलिकमको कुल आम्दानी बढ्दा ग्राहकबाट हुने आम्दानी भने घट्यो, नाफामा देखियो असर

Technology Khabar १ फाल्गुन २०७६, बिहीबार

नेपाल टेलिकमको कुल आम्दानी बढ्दा ग्राहकबाट हुने आम्दानी भने घट्यो, नाफामा देखियो असर
Classic Tech

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो अर्थवार्षिकमा नेपाल टेलिकमले २१ अर्ब ९२करोड ६८ लाख ४१ हजार ६९७ रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले चालु आवको पहिलो ६ महिनामा ग्राहकहरुबाट १८ अर्ब ३ करोड ९५ लाख भन्दा बढि आर्जन गरेको छ भने ३ अर्ब ८८ करोड ७२ लाख भन्दा बढि रकम अन्य आम्दानीको रुपमा देखाएको छ ।

टेलिकमले चालु आवमा अघिल्लो आवको सोहि अवधिको तुलनामा भन्दा केहि बढि रकम आर्जन गरेको छ । कम्पनीले गत आवमा कुल आम्दानी २१ अर्ब ७१ करोड २४ लाख ४२ हजार ६२१ रुपैयाँ आर्जन गरेको थियो । गत आवको तुलनामा कम्पनीले यो आबको सो अवधिमा २१ करोड ४३ लाख ९९ हजार ७६ रुपैयाँ बढि आम्दानी गर्न सफल भएको छ ।

कम्पनीले गत आवको पहिलो ६ महिनाको तुलनामा कुल आम्दानीमा वृद्धि गर्न सफल भएपनि ग्राहकहरुबाट हुने आम्दानी भने घटेको देखिन्छ । चालु आवको पहिलो ६ महिनामा ग्राहकहरुबाट १८ अर्ब ३ करोड ९५ लाख भन्दा बढि आर्जन गरेको छ भने गत आवमा सोहि अवधिमा १८ अर्ब ४४ करोड ४१ लाख ६३ हजार ७७६ रुपैयाँ आर्जन गरेको थियो ।

टेलिकमले गत आवको तुलनामा ग्राहकहरुबाट हुने आम्दानीमा ४० करोड ४५ लाख ८७ हजार रुपैयाँ भन्दा बढि गुमाएको छ ।

सो अवधिमा कम्पनीले ४ अर्ब ९३ करोड ९१ लाख ४९ हजार ८३५ रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले गत आवको सोहि अवधिमा ४ अर्ब ९५ करोड ४६ लाख ५० हजार ६९४ रुपैयाँ नाफा कमाएको थियो तर यो आवमा करिब २ करोड रुपैयाँ नाफा घटेको छ ।

सो अवधिमा टेलिकमको प्रशासनिक खर्चमा वृद्धि भएको छ भने बिक्री तथा बजारीकरण खर्च भने ह्वात्तै घटाएको छ ।

सो अवधिमा कम्पनीले चर्को बजार प्रतिस्पर्धा,टेलिकम टेक्नोलोजीमा आएको परिवर्तनहरु, ओटिटि एप्लिकेसनले गर्दा अन्तराष्ट्रिय कलमा भएको कमीलगायतलाई चुनौतीको रुपमा ब्याख्या गरेको छ ।

प्रकाशित: १ फाल्गुन २०७६, बिहीबार

Comments are closed.

Loading...