Technology Khabar १ फाल्गुन २०७६, बिहीबार
काठमाडौं ।
काठमाडौं । जर्मन सफ्टवेयर कम्पनी टिमभ्यूअरले पछिल्लो दिनमा आफ्नो कनेक्टिभिटी सर्भिसहरुको अतिरिक्त माग बढेको जानकारी दिएको छ । कम्पनीले चीनबाट फैलिएको कोरोनाभाइरसका कारण आफ्नो सेवाहरुको माग बढिरहेको जानकारी दिएको छ ।
कम्पनीले यसले गर्दा यो वर्ष तेस्रो पटक आफ्नो आम्दानी र नाफामा वृद्धि हुनसक्ने प्रक्षेपण गरेकोछ ।
टिमभ्यूअरले एनीटाइम, एनीह्वेयर सेवाहरु उपलब्ध गराउने गरेको छ, जसले गर्दा टाढाबाट नै लग इन गरेर कामगर्न सकिने सुविधा हुन्छ ।
हाल यस्तो सुविधा चीनमा निकै वृद्धि भएको बताईएको छ ।
चीनमा कोरोनाभाइरसको असरले गर्दा टिम भ्यूअरको प्रयोग पनि बढिरहेको छ ।
‘हामीसँग निरन्तर घरमा नै बसेर काम गर्ने अप्सनको उच्च माग रहेको छ,’ टिमभ्यूअरका सिईओ ओलिभर स्टेईलले भने ।
कम्पनीले प्रिमियम मोडललाई लागू गरेको छ जहाँ पहिले निशुल्क प्रयोग गरिरहेका टिमभ्यूअरका यूजरहरुले पछि भने सशुल्क सब्सक्राईबरको रुपमा सेवा लिन्छन् ।
टिमभ्यूअरले रिमोट एक्सेस, सपोर्ट, रिमोट कन्ट्रोल र कोल्याबरेसन टूल्स उपलब्ध गराउँछ ।
टिमभ्यूअरमा २ अर्ब भन्दा बढि डिभाइसहरु दर्ता रहेका छन भने अहिलेको समयमा ४ करोड ५० लाख भन्दा बढि अनलाइनमा रहने गरेका छन् । त्यसैगरि ठूला कम्पनीहरु ६९८ वटा रहेका छन भने उनीहरुले वार्षिकरुपमा १० हजार यूरो भन्दा बढि भुक्तानी गर्ने गर्दछन् । त्यस्तै सशुल्क सब्सक्राईबरको संख्यामा पनि ७१ प्रतिशतले वृद्धि हुँदै ४ लाख ६४ हजार पुगेका छन् । एजेन्सी
प्रकाशित: १ फाल्गुन २०७६, बिहीबार