टेक क्षेत्रमा कोरोना भाइरसको प्रभावः बार्सिलोनामा आयोजना हुने मोबाइल वर्ल्ड कंग्रेस २०२० रद्ध

Technology Khabar १ फाल्गुन २०७६, बिहीबार

टेक क्षेत्रमा कोरोना भाइरसको प्रभावः बार्सिलोनामा आयोजना हुने मोबाइल वर्ल्ड कंग्रेस २०२० रद्ध
Classic Tech

काठमाडौं ।  चीनमा झनै बिकरालरुप लिँदै गरेको कोरोनाभाइरसको प्रभावले अब टेक क्षेत्रमा निकै ठुलो असर पार्न सुरु गरेको छ । हालसम्म चीनमा करिव १,३०० मानिसको ज्यान लिईसकेको यस भाइरसले बुधवार मात्रै चीनमा २४२ जनाको ज्यान लिएको छ ।

यसै अंग्रेजी महिनाको २४ देखि २७ तारिखसम्म स्पेनको बार्सिलोना सहरमा आयोजना हुन लागेको टेक क्षेत्रको एक ठुलो आयोजना मोबाइल वर्ल्ड कंग्रेश यसै भाईरसले बढाउँदै लगेको त्रासका कारण रद्ध गरिएको छ ।

यस एक्स्पोका आयोजक जीएसएमएका सिईओ हफम्यानले बढदै गएको कोरोनाभाइरसको कारण यसको आयोजना गर्न असम्भव रहेको बताएका छन् । एमडब्ल्युसी २४ देखि २७ फरवरीमा स्पेनको बार्सिलोन सहरमा आयोजन हुँदै थियो । वास्तवमा कोरोना आतंकका कारण ठुला कम्पनीहरुले यस कंग्रेशमा भाग नलिने भएकाले यस कार्यक्रमको आयोजना गर्न नसकिएको हो ।

कोरोनाभाइरसको कारण देखाउँदै यसअघि नै एरिक्सन, अमेजन, सोनी, इन्टेल, एलजी, मिडिया टेक, भीभो, फेसबुक र नोकिया जस्ता कम्पनीहरुले यसमा भाग लिन नसक्ने बताएका थिए ।

यस मोवाइल कंग्रेसमा करिव २०० देशहरुको करिव १ लाख डेलिगेशन शामेल हुने बताइएको थियो । यस आयोजना विश्वका अधिकांश ठुला कम्पनीहरुका लागी आफ्नो प्रोड्क्टहरु लन्चिंग गर्ने प्लेटफर्मको रुपमा बिकसित भएको थियो । टेक उधोगसँग जोडिएका मानिसहरुका अनुसार यो कोरोनाभाइरसलाई हाल गम्भिर रुपमा लिन आवस्यक रहेको छ । किनभने यस आयोजनामा भाग लिने कयौँ ठुला कम्पनीहरु चीनका रहेका छन् ।

यसअघि आयोजकले कंग्रेसमा कोरोनाभाइरसलाई रोक्न सतर्कता अपनाईएको जानकारी दिएको थियो र त्यसको लागि विभिन्न उपायहरु अपनाउन भन्दै सहभागीहरुलाई इमेल नोट पठाएको थियो । सो नोटले झनै ठूलो त्रास फैलाएको रिपोर्टहरुमा उल्लेख छ ।

कोरोनाभाइरसको कारणले चीनका ठुला कम्पनीहरुको ब्यापारमा ठुलो नोक्सान हुन सक्दछ ।

विश्व स्वास्थ्य संगठन ले कोरोनाभाइरसलाई अन्तर्राष्ट्रिय आपतकालको घोषणा गरेको छ । संगठनका महानिर्देशक ट्रेडोस अदनोमले न्यु कोरोनभाइरसबाट ग्रसित निमोनियालाई संगठनले नयाँ नाम सिओभिआईडी ९ नाम दिएको बताएका छन । उनले यस भाईरसको खोप १८ महिनाभित्रमा तयार गरिने पनि जनाएका छन । एजेन्सी

एमडब्ल्युसी आयोजकको औपचारिक विज्ञप्ति हेर्न यहाँ क्लीक गर्नुस् ।

प्रकाशित: १ फाल्गुन २०७६, बिहीबार

Comments are closed.

Loading...