सामसङ ग्यालेक्सी बड्स प्लस लन्च, मूल्य १५० अमेरिकी डलर

काठमाडौं । सामसङले आफ्नो अनप्याक्ड इभेन्टमा ग्यालेक्सी एस२० लाइनअप फ्ल्यागशिप स्मार्टफोनसँगै कम्पनीको अर्को फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फ्लिप र नयाँ ग्यालेक्सी बड्स प्लसलाई लन्च गरेको छ ।

ग्यालेक्सी बड्स प्लस इयर बड्स सामसङको दोस्रो जेनेरेशनको इयर बड्स हो, जसमा सामसङको कयौँ नयाँ फीचरहरु थपिएको छ ।

ग्यालेक्सी बड्स प्लसमा कम्पनीले २–वे स्पीकर र उत्कृष्ट ब्याट्री लाइफ प्रदान गरेको छ । ग्यालेक्सी बड्स प्लसमा कम्पनीले तिन माइक्रोफोन प्रदान गरेको छ । तर अझै पनि सामसङको बड्स नाइस क्यासिलेशन फिचरमा आएको छैन । ग्यालेक्सी बड्स प्लसमा कम्पनीले एम्बिएन्स पास थ्रो फिचर दिएको छ ।

ग्यालेक्सी बड्स प्लसमा प्रदान गरिएको २–जे स्पीकरमा बुफर र ट्विटरको कम्विनेशन दिइएको छ । ग्यालेक्सी बड्स प्लसमा कम्पनीले ओरिजिनल ग्यालेक्सी बड्सको तुलनामा निकै इम्प्रूभमेन्ट गरेको छ । ग्यालेक्सी बड्स प्लस को स्पिकरहरुलाई एकेजीबाट ट्युन गरिएको छ । त्यस्तै यसको साइज र सेपको कुरा गर्दा नयाँ ग्यालेक्सी बड्समा कम्पनीको अघिल्लो बड्सभन्दा धेरै भिन्नता रहेका पाईँदैन ।

ग्यालेक्सी बड्सको हरेक यूनिटमा ८५ एमएएचको ब्याट्री प्रदान गरिएको छ । योसँगै पुरानो बड्समा कम्पनीले ५८एमएएच पावरको ब्याट्री दिएको थियो । कम्पनीले यसले सिंगल चार्जमा ११ घण्टाको प्लेब्याक अफर गर्ने दाबी गरेको छ । ग्यालेक्सी बड्समा कम्पनीले वायरलेस चार्जिंग सर्पोट दिएको छ । यसलाई क्युआई चार्जिंग प्याड, वायरलेस पावर ब्याङक र ग्यालेक्सी एस२० सीरीजको चार्जरबाट चार्ज गर्न सकिन्छ ।

कम्पनीले ग्यालेक्सी एस२० फोनहरुलाई प्रि अर्डर गर्ने ग्राहकहरुलाई ग्यालेक्सी बड्स प्लस फ्रि मा प्रदान गर्ने छ । यदि ग्राहकले ग्यालेक्सी बड्स मात्रै किन्न चाहेको खण्डमा यसलाई १५० अमेरिकी डलरमा किन्न सक्दछन । ग्यालेक्सी बड्स हाल चार कलरहरु ब्ल्याक, ह्वाइट, रेड र ब्ल्यु को अप्शन सँगै रहेको छ । यसमा आर्कषण रहेका प्रयोगकर्ताले यसलाई १४ फरवरीबाट अर्डर गर्न सक्दछन् ।

Loading...

Leave a Reply