भीभोको नयाँ स्मार्टफोनहरु भीभो भी१९ र भीभो भी१९ प्रो ३ मार्चमा लन्च हुने

काठमाडौं । टेक कम्पनी भीभोले भारतमा आफ्नो भी सीरीजकाे नयाँ स्मार्टफोन सबैभन्दा पहिले लन्च गर्ने तयारी गरेको छ। कम्पनीले यस सीरीजको अपकमिंग स्मार्टफोन भीभो भी १९ र भी १९ प्रो लाई भारतमा लन्च गर्ने तयारी गरेको हो ।

यसअघि ९१ मोबाइल्सले दुबै स्मार्टफोनहरु पञ्चहोल डिस्प्लेमा लन्च हुने यस स्मार्टफोनलाई भारतमा फरवरी १५ बाट प्रि बुकिंगको लागी उपलब्ध गराइने खबर प्रकाशमा ल्याएको थियो । अझसम्म पनि कम्पनीले यी स्मार्टफोनको लन्च डेटबारे कुनै जानकारी नदिएपनि हालै सो स्मार्टफोनको बारेमा केहि जानकारीहरु बाहिर आएकोछ ।

जानकारी अनुसार भीभो भी सीरीजको आउँदो स्मार्टफोन भीभो भि १९ र भिभो भि १९ प्रो भारत मार्केटमा मार्च महिनाको १ तारिखबाट प्रि-बुकिंगको लागी उपलब्ध हुनेछ । यस पछि भारतिय बजारमा यस स्मार्टफोनलाई मार्चको पहिलो हप्ता लन्च गर्ने पनि बताइएको छ । स्रोतको अनुसार यी दुबै स्मार्टफोनलाई मार्च ३ तारिखमा भारतीय मार्केटमा लन्च गरिने छ ।

भीभो भी १९ सीरीजका स्मार्टफोनहरुले डुअल पञ्चहोल डिस्प्लेलाई सर्पोट गर्ने छ । अर्थात यूजरहरुले यस फोनमा दुई सेल्फि क्यामरा सेन्सर प्राप्त गर्न सक्नेछन् । यद्पी स्मार्टफोनको सेल्फि क्यामरा कति मेगापिक्सेलको रहेको छ भन्ने कुराबारे भने कुनै छैन । तरपनि स्मार्टफोन उत्कृष्ट सेल्फि मोड र फिल्टर्ससँगै सार्वजनिक हुनेछ।

सार्वजनिक भएको जानकारी अनुसार भीभोको यस सीरीजका स्मार्टफोनको मुल्य २०,००० देखि ३०,००० भारुसम्म हुने छ । त्यस्तै यस सीरीजका दुबै स्मार्टफोन भारतीय मार्केटमा अनलाईन र अफलाईन दुबै प्लेटफर्ममा उपलब्ध हुने छ ।

यसअघि कम्पनीले भीभो भी सीरीजको भीभो भी१७ प्रो लाई सार्वजनिक गरेको थियो । एजेन्सी

Loading...

Leave a Reply