ब्लूटुथ मार्फत एन्ड्रोयड स्मार्टफोनमा ह्याक गर्न सकिने, पर्सनल डाटा चोरी गर्न सक्ने

Technology Khabar २९ माघ २०७६, बुधबार

ब्लूटुथ मार्फत एन्ड्रोयड स्मार्टफोनमा ह्याक गर्न सकिने, पर्सनल डाटा चोरी गर्न सक्ने

काठमाडौं ।

काठमाडौं । एन्ड्रोएन्डमा एक नयाँ सेक्योरिटी कमजोरी पाइएको छ । जसको फाइदा उठाउँदै अट्याकरहरुले प्रयोगकर्ता स्मार्टफोनलाई ब्लूटूथको माध्यमबाट ह्याक गर्न सक्ने देखिएको छ । यस कमजोरीलाई साइबर सेक्योरिटी फर्म इआरएनडब्लुले हालैमा पत्ता लगाएको हो ।

अनुसन्धानकर्ताहरुका अनुसार यसको माध्यमबाट ह्याकरहरुले यूजरको पर्सनल डाटा चोरी गर्न सक्नेछन् र मालवेयरलाई हाल्न सक्दछन । अझ प्रयोगकर्ताको स्मार्टफोन एन्ड्रोएड पुरानो भर्जन रहेकालाई यो झन डरलाग्दो बिषय हुन सक्दछ । इआरएनडब्लुले एन्ड्रोयड ८.० देखि एन्ड्रोएड ९.० सम्म रिमोट अट्याकरले ब्लूटुथको सहायतामा प्रयोगकर्ताबाट उसको स्मार्टफोनमा कोड एग्जिक्यूट गर्न सक्दछन् ।

यद्पी यसको लागी अट्याकरहरुलाई प्रयोगकर्ताको ब्लूटूथ मेक एड्रोस थाहा रहेको हुनु पर्दछ । यस प्रकारको ह्याकिंगमा समान्यतया यूजरको तर्फबाट कुनै टास्क परफर्मको आवस्यकता रहँदैन र यूजरलाई आफ्नो मोबाइल ह्याक भएको कुरा समेत थाहा हुँदैन् ।

ईआरएनडब्लुले केहि डिभाइसहरुमा ब्लूटूथ मेक एड्रेशलाई वाइफाई मेक एड्रेशबाट पत्ता लगाउन सकिने बताएको छ । उनिहरुले प्रयोगकर्तालाई उनिहरुसँग एन्ड्रोयडको पुरानो भर्जन रहेको खण्डमा डिभाइसलाई २०२० को सेक्योरिटी प्याचसँग अपडेट गराउन आग्रह पनि गरे ।

यस प्रकारको अट्याकबाट बच्न प्रयोगकर्तालाई अनावश्यक ब्लूटुथ अन नराख्न र स्मार्टफोनको सेटिंगमार्फत डिभाइसलाई नन डिस्कभरेबल सेट गर्न सुझाव दिईएको छ ।

यदि तपाई एन्ड्रोएड ८ प्रयोग गर्नुहुन्छ भने स्मार्टफोनको सेटिग्संमा गएर सफ्टवेयरलाई चेक गर्नुहोस । यदि अपडेट भएको छैन भने आफ्नो फोनलाई चाडै अपग्रेड गर्नुहोस । किनभने पुरानो भर्जनको अपरेटिंग सिस्टमको प्रयोगमा गर्नाले मालवेयर र ह्याकिंग को खतरा लगातार रहिरहने गर्दछ । एजेन्सी

easy care

प्रकाशित: २९ माघ २०७६, बुधबार