गूगल प्ले प्रोटेक्सनले १ अर्ब ९० लाख बढि मालवेयरयुक्त एप्सहरु इन्स्टल हुनबाट रोक्यो

Technology Khabar २९ माघ २०७६, बुधबार

गूगल प्ले प्रोटेक्सनले १ अर्ब ९० लाख बढि मालवेयरयुक्त एप्सहरु इन्स्टल हुनबाट रोक्यो

काठमाडौं ।

काठमाडौं । गूगल प्ले प्रोटेक्सनले सन् २०१९ मा १ अर्ब ९० लाख भन्दा बढि मालिसियल एपहरु इन्स्टल हुनबाट रोकेको छ ।

गूगल प्ले स्टोरेको मालवेयर प्रोटेक्सन सिस्टम जून आधिकारी एन्ड्रोयड डिभाइसहरुमा प्रि इन्स्टल रहेको हुन्छ, त्यसले गूगल भन्दा बाहिरको स्रोसबाट आएका मालिसियल एपहरुलाई रोकेको छ । त्यस्ता एप्स थर्ड पार्टि एप स्टोरहरुबाट आउने गर्दछन् ।

यो संख्या यसअघि सन् २०१७ र २०१८ को १.६ अर्बमा वृद्धि भएको छ ।

यो संख्या वृद्धि हुनुको अर्थ प्ले प्रोटेक्टले निकै राम्रोसँग काम गरिरहेको भन्ने अर्थ लाग्नेछ भने अर्कोतर्फ एन्ड्रोयड यूजरहरु अझै मालवेयरबाट प्रभावित एप्स लन्च अनधिकृत एप स्टोरबाट लन्च गर्ने गरेका छन् ।

गूगलले प्ले प्रोटेक्सनको दैनिक स्क्यान रेट बढेर दोब्बर भएको छ भने हालै प्रकाशित रिपोर्टअनुसार गूगल प्ले प्रोटेक्सनले हाल १०० अर्ब एन्ड्रोयड एप्स प्रति दिन स्क्यान गरेको छ ।

गूगलकाअनुसार प्ले प्राटेक्सन हाल विश्वभर २ अर्ब भन्दा बढि एन्ड्रोयड डिभाइसहरुमा संचालन भईरहेको छ । एजेन्सी

easy care

प्रकाशित: २९ माघ २०७६, बुधबार

ताजा समाचार