सामसङको ग्यालेक्सी एस २० सिरिजका तीन स्मार्टफोन लन्च, हेर्नुस् यस्ता छन् विशेषताहरु

Technology Khabar २९ माघ २०७६, बुधबार

सामसङको ग्यालेक्सी एस २० सिरिजका तीन स्मार्टफोन लन्च, हेर्नुस् यस्ता छन् विशेषताहरु

काठमाडौं ।

काठमाडौं । निकै दिनदेखि चर्चामा रहदै आएको सामसङको एस सीरीजको फ्ल्यागशिप स्मार्टफोनहरुलाई लन्च गरेको छ । कम्पनीले यस सीरीजका तीन स्मार्टफोनहरु ग्यालेक्सी एस२०, ग्यालेक्सी एस२० प्लस र ग्यालेक्सी एस२० अल्ट्रालाई लन्च गरेको हो ।

यि तीन ओटै स्मार्टफोनमा कम्पनीले १२० एचजेड डिस्प्ले, ५जी, ८के भिडियो रेर्कडिङ्ग सर्पोडसँगै इम्प्रुभ्ड क्यामरा, ठुलो ब्याट्री र पातलो बेजल्स र नयाँ डिजाइन प्रदान गरेको छ ।

कम्पनीको नयाँ स्मार्टफोनहरु ग्यालेक्सी एस २० र ग्यालेक्सी एस २० प्लस सिधा रुपमा ग्यालेक्सी एस २० र ग्यालेक्सी एस १० प्लसको अपग्रेड भर्जन हो । त्यस्तै ग्यालेक्सी एस २० अल्ट्रा भने कम्पनीको नयाँ एडिशन हो जसको रियरमा १०८ मेगापिक्सलको क्यामरा रहेको छ ।

ग्यालेक्सी एस २० बिशेषताहरु

डिस्प्ले – क्युएचजेड (१,४४०×३,२०० पिक्सल) रेज्योलुशन, १२०एचजेड रिफ्रेश रेट र ५६३पीपिआई सँगै ६.२ इन्चको इनफिनिटी–ओ डाइनामिक एमोलेड २× डिस्प्ले

प्रोसेसर – छुट्टाछुट्टै एरिया अनुसार ७ एनएम अक्टा–कोर प्रोसेसरको अप्शन, सामसङ एक्सनोज वा क्वालकम स्न्यापड्रयागन ८६५ प्रोसेसर अप्शन रहने

र्याम – ८जीबी वा १२जीबी (५जी मा) एलपिडिडिआर५

स्टोरेज – १२८ जीबी

सेक्योरिटी – इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर र फेस रिकोग्निशन

अपरेडिंग सिस्टम – एन्ड्रोएड १० मा आधारित वान यूआई२.१

रियर क्यामरा – ट्रिपल रियर क्यामरा सेटअप (सुपर स्पीड डुअल पिक्सल एएफ र ओआईएस सँगै १२ मेगापिक्सलको वाइड एंगल सेन्सर, १२ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल सेन्सर र पिडिएएफ र ओआईएस सँगै ६४ मेगापिक्सलको टेलीफोन क्यामरा)

फ्रन्ट क्यामरा – एफ÷२.२ अपर्चर सँगै १० मेगापिक्सेलको सेन्सर

ब्याट्री – ४००० एमएएच

चार्ज – २५ वाट फास्ट चार्जिंग

मुल्य – ९९९.९९ अमेरिकी डलर

ग्यालेक्सी एस२० प्लसको बिशेषताहरु

यस स्मार्टफोनको विशेषताहरु धेरै हदसम्म ग्यालेक्सी एस २० सँग मिल्दोजुल्दो रहेको छ । तरपनी यो स्मार्टफोनमा ब्याट्री, यसको साइज र क्यामरा मा केहि फरक रहेको छ ।

डिस्प्ले – ५२५पिपिआई सँगै ६.७ एजको क्युएचडि (१,४४०× ३,२०० पिक्सल) डाइनामिक एमोलेड २× डिस्प्ले

डाइमेन्सन – १६१.९×७३.७×७.८ एमएम

ब्याट्री – ४,५००एमएएच

क्यामरा – फ्रन्ट र रियर क्यामरा ग्यालेक्सी एस२० को जस्तै, मात्रै रियर मा डेप्थ क्यामरा एडिशनल पाइने

मुल्य – शुरुवाती मुल्य १,१९९ अमेरिकी डलर

easy care

प्रकाशित: २९ माघ २०७६, बुधबार

ताजा समाचार