इन्टेल र भीभोले पनि मोबाइल वर्ल्ड कंग्रेसमा सहभागीता नजनाउने, कोरोनाभाइरसको त्रास

Technology Khabar २९ माघ २०७६, बुधबार

इन्टेल र भीभोले पनि मोबाइल वर्ल्ड कंग्रेसमा सहभागीता नजनाउने, कोरोनाभाइरसको त्रास
Classic Tech

काठमाडौं । कोरोनाभाइरसको बढ्दो त्रासका बिच स्पेनको बार्सिलोनामा आयोजना हुने मोबाइल वल्र्ड कंग्रेस २०२०मा सहभागी हुने कम्पनीहरुको संख्या घटिरहेको छ ।

बार्सिलोनामा हुने एमडब्लूसीमा एलजी इलेक्ट्रोनिक्स, एरिक्सन, अमेजन, एनभिडिया, सोनी लगायतले सहभागीता नजनाउने यसअघि नै घोषणा गरीसकेका छन् । हालै थप तीन टेक कम्पनीहरु इन्टेल र भीभो तथा एनटिटि डोकोमोले पनि सो सम्मेलनमा सहभागीता नजनाउने घोषणा गरेका हुन् ।

‘नोभेल कोरोनाभाइरसको अवस्थालाई निकै नजिकबाट नियालेको छ र आफ्ना योजनाबद्ध गतिबिधिहरुलाई मूल्यांकन गर्दैछ । हाम्रा कमचारीहरु र सर्वसाधारणको स्वास्थ्य र सुरक्षा हाम्रो प्रमुख प्राथमिकता हो । त्यसैले हामी एमडब्लूसीमा सहभागीता फिर्ता गरेका छौं,’ भीभोले स्टेटमेन्ट जारी गर्दै भनेको छ ।

कम्पनीले एमडब्लूसीमा देखाउन लागेको आफ्नो एपेक्स २०२० कन्सेप्ट फोनलाई अब अन्य कुनै समयमा देखाउने योजना लिएको छ ।
त्यसैगरि इन्टेलले पनि आफ्ना उत्पादनहरु प्रदर्शन र घोषणा गर्ने योजना लिएको थियो । तर कम्पनीले पनि मोबाइल वल्र्ड कंग्रेसमा सहभागीता नजनाउने भएको छ ।

जापानको टेक कम्पनी एनटिटिले पनि आफ्ना कर्मचारी, सहकर्मीहरु र ग्राहकहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सहभागीता नजनाउने भएको हो । एजेन्सी

TK Viber

प्रकाशित: २९ माघ २०७६, बुधबार

Loading...