Technology Khabar २९ माघ २०७६, बुधबार
काठमाडौं ।
काठमाडौं । भाइबरको मुख्य लगानीकर्ता कम्पनी ई-कमर्श राकुटेनमा जापानी अधिकारीहरुले छापा हानेका छन् ।
ईकमर्श कम्पनीको रुपमा रहेको राकुटेन इंकको फ्रि सिपिङ्ग पोलिसीको बारेमा अनलाइन व्यापारीहरुले उजुरी दायरगरेपछि एन्टिट्रस्ट अधिकारीहरुले छापा हानेका हुन् ।
सो घटनापछि कम्पनीको शेयर करिब ३ प्रतिशतले घटेको छ ।
राकुटेनकी प्रवक्ताले सो छापा मारिएको बताउँदै कम्पनीले सो अनुसन्धानको लागि सहकार्य गरिरहेको बताईन् ।
राकुटेनमा आफ्ना उत्पादनहरु बिक्री गर्ने कम्पनीहरुले ई कमर्श कम्पनीले आफ्नो दबाबयुक्त स्थानको दूरुपयोग गरेको र सिपिङ्ग लागत बेहोर्न भनेको थियो ।
राकुटेनको योजनाअनुसार ३,९८० जापानी येन भन्दा माथिको अर्डरहरुमा निशुल्क ढुवानी गर्ने थियो र यो मार्च १८ देखि शुरु हुन लागेको थियो । कम्पनीले अमेजन डटकम जस्ता प्रतिस्पर्धीहरुसँग प्रतिस्पर्धा गर्न सो योजना लागू गर्न लागेको थियो । एजेन्सी
प्रकाशित: २९ माघ २०७६, बुधबार