कोरोनाभाइसरका कारण चीनको स्मार्टफोन बिक्री पहिलो चौमासिकमा ५० प्रतिशत घट्ने

Technology Khabar २८ माघ २०७६, मंगलवार

कोरोनाभाइसरका कारण चीनको स्मार्टफोन बिक्री पहिलो चौमासिकमा ५० प्रतिशत घट्ने
Classic Tech

काठमाडौं । चीनको स्मार्टफोन बिक्रीमा पहिलो चौमासिकमा अधिक भन्दा अधिक ५० प्रतिशतसम्मको गिरावट आउनसक्ने देखिएको छ ।

अनुसन्धान रिपोर्टकाअनुसार कोरोनाभाइसर तिब्ररुपमा फैलने डरका कारण अधिकांश रिटेल शपहरु अनिश्चितकालसम्मका लागि बन्द गरिएका छन भने स्मार्टफोनहरुको उत्पादन अझै पूर्णरुपमा हुनसकेको छैन् ।

भाइरसका कारण हालसम्म ९०० भन्दा बढि मानिसहरुको मृत्यु भईसकेको छ भने चीनको उत्पादनमूलक उद्योग अझै अस्पष्ट रहेको छ ।

चीनको सबैभन्दा ठूलो स्मार्टफोन भेण्डर ह्वावेले चीनमा यो वर्षभित्र ५जी रोलआउट हुने अपेक्षा गरेको थियो जसले घट्दो बिक्रीलाई सुधार गर्ने अपेक्षा थियो ।

तर गत साताको अनुसन्धान फर्म क्यानालिसकाअनुसार भेण्डरहरुको योजनाबद्ध प्रडक्ट लन्च रद्ध हुनसक्ने वा ढिलाई हुनसक्ने छ जसमा हाल चीनमा ठूलो संस्थामा हुने सार्वजनिक कार्यक्रमहरुमा प्रतिबन्ध लगाउनु कारण रहेको छ ।

रिपोर्टकाअनुसार चीनमा भेण्डरहरुका लागि उनीहरुको प्रडक्ट लन्च गर्ने रोडम्यापहरु परिवर्तन गर्न केहि समय लाग्नेछ, जसले गर्दा ५जी शिपमेन्टहरुमा पनि असर पार्नेछ ।

क्यानालिसले चीको स्मार्टफोन शिपमेन्ट अघिल्लो वर्षको तुलनामा आधाले कमी आउने अनुमान गरेको छ, सोहि अवधिमा अर्को अनुसन्धान संस्था आईडिसीले भने करिब ३० प्रतिशतको गिरावट हुने प्रक्षेपण गरेको छ ।

यसअघि एप्पलले चीनका आफ्ना स्टोरहरु अझै खुल्ने मिती स्पष्ट नभएको बताएको छ भने आइफोन एसेम्बल गर्ने फक्सकनले पनि आफ्नो फ्याक्ट्री पुरै संचालन गर्न समस्या भोगिरहेको छ ।

‘यदि फ्याक्ट्रीहरुले समयमै आफ्नो उत्पादन क्षमतालाई पुन संचालनमा ल्याउन सकेनन भने त्यसले उनीहरुको नयाँ प्रडक्टहरु बजारमा ल्याउन सकिने अवस्थालाई ढिलाई हुनेछ,’ विश्लेषकहरुले बताएका छन् ।

फ्याक्ट्रीहरु खुल्ने र कामदारहरु फर्कने समयमा हुने ढिलाईले उत्पादन मात्र नभई स्टोरहरु संचालन तथा प्रडक्ट लन्चलाई पनि प्रभावित पार्नेछ र यो मध्यम र दिर्घकालिन समयको लागि हुने बताईएकोछ । एजेन्सी

प्रकाशित: २८ माघ २०७६, मंगलवार

Comments are closed.

Loading...