गूगल एकाउन्टको पासवर्ड सुरक्षा गर्ने फिचर, यसरी गर्नुस् आफ्नो एकाउन्ट सुरक्षित

Technology Khabar २७ माघ २०७६, सोमबार

गूगल एकाउन्टको पासवर्ड सुरक्षा गर्ने फिचर, यसरी गर्नुस् आफ्नो एकाउन्ट सुरक्षित

काठमाडौं । हाल डाटा सुरक्षाको विषयलाई लिएर लगातार प्रश्नहरु उठ्ने गरेका छन् । हिजोआज लगातार डाटा लीकका खबरहरु सार्वजनिक हुँदै आएका छन् । गएको वर्ष ह्याकरहरुले ह्वाट्सएप अकाउन्टलाई ह्याक गरेर डाटा चोरी गरेका थिए। यस्तोमा गूगलको एक खास फिचर जुन तपाईँको अकाउन्टलाई ह्याक हुनबाट जोगाउने काममा ठुलो सहयोगी साबित हुन सक्दछ ।

गूगलको यस खास फीचरको नाम पासवर्ड म्यानेजर हो । यसको माध्यमबाट प्रयोगकर्ताले आफ्नो सोशल मिडिया एकाउन्टसहित इन्टरनेटको बैकिंग पासवर्ड वा अन्य कुनैपनि पासवर्डलाई सेक्योर गर्न सकिन्छ ।

यसको लागी प्रयोगकर्ताहरु लाई पासवर्डस डट गूगल डटकममा जानु पर्ने हुन्छ । जहाँ गूगल पासवर्ड म्यानेजर को एक पेज ओपन हुन्छ ।

यसपछि पासवर्ड म्यानेजर खुल्दछ जहाँ प्रयोगकर्तालाई चेक पासवर्ड को विकल्प रहदछ । यसमा क्लिन गरेपछि पेजले जिमेल अकाउन्टको पासवर्ड माग्दछ । पासवर्ड प्रदान गरेपछि गूगलले प्रयोगकर्ताको पासवर्ड कतै प्रयोग भए नभएको बताउँछ । त्यस्तै पेजले प्रयोगकर्ताको पासवर्ड लिक भए नभएको पनि बताउँछ ।

यदी गूगलले पासवर्ड लीक भएको जानकारी प्रदान गरेमा प्रयोगकर्ताले तत्काल आफ्नो पासवर्डलाई परिर्वतन गर्नु पर्दछ । यस बाहेक प्रयोगकर्ताले टु फ्याक्टर अथेन्टिकेशन लाई पनि अन गर्नु पर्दछ ।

पासवर्ड परिवर्तन गर्दा आफ्नो नाम वा जन्म मिती राख्नु हुँदैन् । यस बाहेक पासवर्डको रुपमा आफ्नो मोबाइल नम्वरको प्रयोग गर्ने बानीलाई पनि प्रयोगकर्ताहरुले हटाउनु पर्दछ । त्यस्तै बेलाबेलामा आफ्नो जीमेल पासवर्ड बदल्ने गर्नाले तपाईँको एकाउन्टलाई ह्याकरहरुबाट सुरक्षित राख्न ठुलो सहयोग पुग्दछ ।

प्रकाशित: २७ माघ २०७६, सोमबार

Comments are closed.

Loading...