ह्वाट्सएपको डार्क मोड फीचर आईफोन यूजरहरुको लागी पनि उपलब्ध

Technology Khabar २७ माघ २०७६, सोमबार

ह्वाट्सएपको डार्क मोड फीचर आईफोन यूजरहरुको लागी पनि उपलब्ध
Classic Tech

काठमाडौं । ह्वाट्सएपले आफ्नो नयाँ फीचर डार्क मोडलाई चाँडै नै आईफोन प्रयोगकर्ताहरुका लागी पनि सार्वजनिक गर्ने भएको छ । हाल यस फीचर टेस्टिङ्ग फेजमा रहेको छ । हालैमा ह्वाट्सएपले यस फीचरलाई एन्ड्रोएडको बीटा यूजरहरुका लागी उपलब्ध गराएको छ । त्यस्तै अब आईओएसको बीटा यूजरहरुका लागी पनि यस ह्वाट्सएपले यस फीचर प्रदान गर्न लागेको हो । यदि यसको सफल प्रयोग भएको खण्डमा कम्पनीले सबै प्रयोगकर्ताहरुलाई सो फीचर प्रदान गर्ने छ ।

एक रिर्पोटअनुसार आईफोन प्रयोगकर्ताहरुले ह्वाट्सएपको आईफोनमा उपलब्ध डार्क मोडको केहि स्क्रिनसटलाई सोशल मिडियामा सेयर गरेका छन् । यदि प्रयोगकर्ताले आईफोनमा ह्वाट्सएपको डार्क मोडलाई प्रयोग गर्न चाहेको खण्डमा प्रयोगकर्ताले आफ्नो स्मार्टफोनलाई एप्पलको टेस्टफ्लाइट प्रोग्राम (बीटा प्रोग्राम) मा रजिस्टर गराउनु पर्ने छ ।

हालैमा ह्वाट्सएपले बीटा भर्जनमा लाइभ लोकेशन र डिलीट म्यासेज फर एभ्रीवान जस्ता फीचरहरुलाई पनि टेस्ट गरेको थियो । जसको सफल परिक्षण पस्चात यसका सबै प्रयोगकर्ताहरुलाई प्रदान गरिएको थियो ।

एन्ड्रोयड स्मार्टफोन प्रयोग गर्ने प्रयोगकर्ताहरुले भने ह्वाट्सएपको बीटा भर्जन प्रयोग गर्न सक्दछन । यसको लागी प्रयोगकर्तालाई आफ्नो प्ले स्टोरमा जानु पर्नेछ । स्टोरमा माई एप्स एन्ड गेममा गएर ह्वाट्सएपलाई सेलेक्ट गर्नुपर्ने हुन्छ । यसमा प्रयोगकर्ताले सिमिलर एप अप्सनलाई सेलेक्ट गर्नुपर्दछ ।

यसपछि प्रयोगकर्तालाई बिकम अ बीटा टेस्टरको अप्शन देखिने छ । यसमा प्रयोगकर्ताले आई एम इन अप्शनलाई सेलेक्ट गर्नुपर्ने हुन्छ । यसपछि त्यहाँ ज्वाइन अप्शन देखिने छ । यस अप्शनलाई सेलेक्ट गरेपछि प्रयोगकर्ता ह्वाट्सएपको बीटा यूजर बन्न सक्दछन ।

ह्वाट्सएप विश्वको सबैभन्दा लोकप्रिय म्यासेजिङ्ग एप हो र नेपालमा पनि यसका लाखौँ प्रयोगकर्ताहरु रहेका छन् । यसमा टेक्स्ट म्यासेज बाहेक अडियो र भिडियो कलिङ्गको पनि सुबिधा रहेको छ । एजेन्सी

प्रकाशित: २७ माघ २०७६, सोमबार

Comments are closed.

Loading...