सामसङ ग्यालेक्सी एस २० सीरीजका साथमा फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फ्लिप आउने

Technology Khabar २७ माघ २०७६, सोमबार

सामसङ ग्यालेक्सी एस २० सीरीजका साथमा फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फ्लिप आउने

काठमाडौं ।

काठमाडौं । ओस्कर अवार्ड कार्यक्रमका बिच सामसङको नयाँ फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फ्लिपलाई देखिएको छ । वास्तवमा कम्पनीले यस कार्यक्रममा सो स्मार्टफोनको विज्ञापन देखाएको थियो ।

यो स्मार्टफोन कम्पनीको ग्यालेक्सी फोल्डभन्दा निकै फरक रहेको छ र यो मोटो रेजरको नयाँ फोल्डेबल स्मार्टफोनकै तरिकाले फोल्ड हुने गर्दछ । पछिल्लो केहि हप्ताअघिदेखि ग्यालेक्सी जेड फ्लिपको बारेमा लगातार समाचारहरु सार्वजनिक भईरहेका छन् । यसमा यस स्मार्टफोनको लुक्सदेखि यसका फीचरहरुको समेत चर्चा हुने गरेका छन् ।

सामसङले यस फोल्डेबल स्मार्टफोनलाई ११ फरवरी अर्थात भोली अनप्याक्ड इभेन्टको अवसरमा लन्च गर्दैछ । यस इभेन्टमा कम्पनीले ग्यालेक्सी एस २० सीरीज पनि लन्च गर्ने छ ।

कम्पनीले ओस्कार अवार्ड कार्यक्रममा प्रशारण गरेको विज्ञापनअनुसार यो पुरा रुपमा फोल्ड हुने स्पस्ट देखिएको छ । यसमा सेकेन्डरी डिस्प्ले पनि प्रदान गरिएको छ जसले स्मार्टफोन पुरा फोल्ड भइसकेपछि काम गर्दछ । सेकेन्डरी स्क्रीनमा इनकमिंग कलको बेला कलर आईडि देख्न सकिने छ । यसैबाट प्रयोगकर्ताले रिप्लाई पनि गर्न सक्दछन ।

उक्त विज्ञापन अनुसार यस स्मार्टफोनलाई भिडियो कलिंगको लागी टेबलमा ९० डिग्रीको एंगलमा राख्न पनि सकिन्छ । यस स्मार्टफोनमा कम्पनीले क्वालकमको स्नापड्रयागन ८५५ प्लस प्रोसेसर प्रदान गरेको छ । यसमा दुई प्राइमरी क्यामरा रहेको छ । र यस स्मार्टफोनमा ३,३००एमएएच पावरको ब्याट्री रहेको छ ।

यस स्मार्टफोनको मुल्य करिब १,४०० डलर हुनसक्ने अनुमान लगाइएको छ । सामसङले यसलाई लन्च गरेपस्चात यसले विश्वबजारमा आफ्नो उपस्थितीलाई कतिको बलियो बनाउँछ भन्ने कुरा स्मार्टफोन प्रयोगकर्ताहरुका लागी निकै चाखलाग्दो हुने छ । एजेन्सी

easy care

प्रकाशित: २७ माघ २०७६, सोमबार

ताजा समाचार