फेसबुकको ह्वाट्सएप पे भारतमा चाँडै लन्च हुँदै, हालै पायो पेमेन्टको लाइसेन्स

Technology Khabar २७ माघ २०७६, सोमबार

फेसबुकको ह्वाट्सएप पे भारतमा चाँडै लन्च हुँदै, हालै पायो पेमेन्टको लाइसेन्स

काठमाडौं । ह्वाट्सएप पे भारतमा चाँडै लन्च हुन गईरहेको छ । यसको लागी ह्वाट्सएप पेलाई भारतको नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डिया (एनपीसिआई)बाट लाइसेन्स पनि प्राप्त भएको छ।

अब भारतमा ह्वाट्सएपको माध्यमबाट यूनीफाइड पेमेन्ट इन्टरफेस (यूपिआई) को सहायताबाट पेमेन्ट गर्न सकिन्छ । स्मरणरहोस् ह्वाट्सएपले यसमा २०१८ बाट आफ्नो बीटा भर्जनमा टेस्टिङ्ग गरिरहेको छ।

ह्वाट्सएप पेलाई ह्वाट्सएपले भारतको आईसिआईसिआई बैकसँग पार्टनरशिप गरेको छ । यद्पी यस ह्वाट्सएप पे लाई भारतको एनपीसिआईबाट लाइसेन्स पाएको पुष्टि ह्वाट्सएपले आधिकारीक रुपमा भने गरेको छैन् ।

बिजनेश स्ट्यान्डर्डको एक रिर्पोटअनुसार ह्वाट्सएप पे को एक्सेस पहिलो फेजमा भारतका १० लाख मानिसहरुले प्राप्त गर्न सक्दछन्। याद रहोस् भारतमा ह्वाट्सएप प्रयोगकर्ताहरुको संख्या ४० करोड भन्दा माथि रहेको छ।

केहि समय अघि ह्वाट्सएपको स्वामित्व रहेको कम्पनी फेसबुकका मालिक मार्क जुकरबर्गले आउँदो ६ महिनामा ह्वाट्सएप पे फिचर लन्च अपडेट हुने बताएका थिए। भारतबाहेक ह्वाट्सएपलाई इन्डोनेशिया, मेक्सिको र ब्राजिलमा पनि लन्च गरिँदैछ।

ह्वाट्सएप विश्वको सबैभन्दा लोकप्रिय म्यासेजिङ्ग एप हो र नेपालमा पनि यसको लाखौँ प्रयोगकर्ताहरु रहेका छन् । यसमा टेक्स म्यासेज बाहेक भ्वाइस कल र भिडियो कल गर्ने पनि सुबिधा रहेको छ । ह्वाट्सएप फेसबुकको स्वामित्वमा रहेको छ र यसलाई हाल जेन कूमले सम्हालेका छन्। कूम यस जिम्मेदारीका साथै फेसबुकको बोर्ड अफ डाइरेक्टरमा पनि रहेका छन् । एजेन्सी

प्रकाशित: २७ माघ २०७६, सोमबार

Comments are closed.

Loading...