चीनमा फैलिएको कोरोनाभाइरसको संत्रासका कारण के स्मार्टफोनको मुल्य वृद्धि होला ?

Technology Khabar २७ माघ २०७६, सोमबार

चीनमा फैलिएको कोरोनाभाइरसको संत्रासका कारण के स्मार्टफोनको मुल्य वृद्धि होला ?

काठमाडौं ।

काठमाडौं । चीनबाट विश्वका दुई दर्जन मुलुकहरुमा फैलिएको कोरोनाभाइरसले विश्व बजारको सबै क्षेत्रमा असर पुर्याउँदै गरेको देखिन्छ । जसबाट स्मार्टफोन क्षेत्र टाढा रहने त कुरै भएन ।

कोरोनाभाइरसको कारणले स्मार्टफोनको मुल्य बढ्ने देखिएको छ किनकी स्मार्टफोनमा प्रयोग हुने सेमी कन्डक्टर प्यानल्सको मुल्य बढ्ने देखिएकाले यसबाट स्वभाविक रुपमा स्मार्टफोन मुल्य पनि बढ्ने देखिन्छ ।

विज्ञहरुका अनुसार चीनबाट फैलिएको कोरोनभाइरसको कारणले चीनमा उत्पादन हुने सेमि कन्डक्टरको उत्पादनमा कमी आउन सक्ने र यसै कमीको कारणले स्मार्टफोनको मुल्यमा वृद्धि हुन सक्नेछ । चीनमा सामसङसहित पुरै दक्षिण कोरियाका टेक फर्महरु काम गरिरहेका छन ।

कम्पनीहरुले चीनमा रहेको यस अवस्थाका बिच पनि आफ्नो प्लान्टहरु चलाउने कोशिस गरिरहेको बताएका छन । स्मरण रहोस कोरोनाभाइरसको कारणले हालसम्म विश्वभरमा ८ सय भन्दा बढि मानिसहरुको मृत्यु भइसकेको छ । यद्पी इन्डस्ट्री पर्यवेक्षकहरुले यस भाइरसको कारणले चीनमा सिमित मात्र असर पर्ने बताएका छन । किनकी वुहानबाट सामसङको एनएनडी फ्ल्याश प्लान्ट ८०० किलोमिटर टाढा रहेको उनिहरुले औंल्याएका छन । सामसङको सो प्लान्ट हालसम्म चलिरहेको छ ।

तर अर्कोतर्फ यससँगै इन्डस्ट्रीका केहि जानकारहरुका अनुसार कोरोनाभाइरसले विश्वभरका उपभोक्ताहरुको सेन्टिमेन्टसलाई परिवर्तन गरिदिने छ जसको कारणले चीप डिमान्डमा कमी आउन सक्नेछ । किनभने हाल सप्लाई र डिमान्ड दुबैतर्फ अनिस्चितताको स्थिती बनेको छ ।

यसैगरि स्मार्टफोनहरुमा प्रयोग हुने डिस्प्ले प्यानलको उत्पादनमा कामदारहरुको आवश्यकता पर्ने भएकाले यसमा पनि कमी आउन सक्नेछ । केहि कम्पनीहरुले चीनमा रहेको आफ्नो डिस्प्ले प्यानल प्लान्टको अझै केहि समयसम्म संचालन नगर्ने फैसला गरेका छन्। एजेन्सी

easy care

प्रकाशित: २७ माघ २०७६, सोमबार