ट्रिपल रियर क्यामरासँगै मोटो जी पावर र मोटो जी स्टाइलस लन्च

Technology Khabar २७ माघ २०७६, सोमबार

ट्रिपल रियर क्यामरासँगै मोटो जी पावर र मोटो जी स्टाइलस लन्च

काठमाडौं ।

काठमाडौं । मोटोरोलाले एमडब्लुसी २०२० भन्दा अगाडी नै दुई नयाँ स्मार्टफोन लन्च गरेको छ । यी स्मार्टफोनहरु मोटो जी पावर र मोटो जी स्टाइलस रहेका छन् । यी स्मार्टफोनहरुको धेरै लीक्स अगाडी आईसकेको थियो ।

मोटो जी स्टाइलसलाई एक स्टायलससँगै ल्याईएको छ भने मोटो जी पावरलाई ५,०००एमएएच ठुलो ब्याट्री साथ ल्याईएको छ ।

मोटो जी पावरको मुल्य २४९.९९ अमेरिकी डलर राखिएको छ । यस स्मार्टफोनलाई चाँडै नै अमेरिका र क्यानडामा उपलब्ध गराइने कम्पनीले जनाएको छ । कम्पनीले मोटो जी स्टाइलस को मुल्य २९९.९९ डलर राखेको छ । यसलाई पनि चाँडै नै अमेरिका र क्यानडामा उपलब्ध गराइने छ । तर हाल यी दुबै स्मार्टफोनको अन्तर्राष्ट्रिय उपलब्धताको सन्दर्भमा कम्पनीले केहि जानकारी सार्वजनिक गरेको छैन ।

मोटो जी पावरको विशेषताहरुको बारेमा कुरा गर्दा यस स्मार्टफोन एन्ड्रोएड १० मा संचालन हुने गर्दछ । यसमा ६.४ इन्चको फुल एचडि प्लस (१०८०×२३०० पिक्सल) म्याक्स भीजन पञ्चहोल डिस्प्ले रहेको छ । यसमा ४जीबी र्याम र ६४जीबी स्टोरेज प्रदान गरिएको छ । यस स्मार्टफोनमा क्वालकमको स्नापड्रयागन ६६५ प्रोसेसर रहेको छ । यसको स्टोरेज मेमोरी कार्डको सहयोगमा बढाउन पनि सकिने छ ।

फोटोग्राफीको लागी मोटो जी पावरको रियरमा ट्रिपल रियर क्यामरा सेटअप रहेको छ । यस सेटअपमा १६ मेगापिक्सेलको प्राइमरी क्यामरा, ८ मेगापिक्सेलको वाइड एंगल क्यामरा र २ मोगापिक्सेलको माइक्रो क्यामरा रहेको छ । त्यस्तै फ्रन्टमा १६ मेगापिक्सेलको क्यामरा रहेको छ । यसको ब्याट्री ५,००० एमएएच पावरको रहेको छ । यसमा १० वाटको फास्ट चार्जिंगको सर्पोट पनि रहेको छ र यसको रियरमा फिंगरप्रिन्ट सेन्सर रहेको छ ।

मोटो जी स्टायलसको विशेषताहरुको कुरा गर्दा यो स्मार्टफोन पनि एन्ड्रोएड १० मा संचालन हुने गर्दछ । यसमा ६.४ इन्चको फुल एचडीप्लस (१०८०×२३०० पिक्सल) म्याक्स भिजन डिस्प्ले रहेको छ । यस स्मार्टफोनमा ४जीबी र्याम र १२८जीबी स्टोरेज रहेको छ । यसमा क्वालकमको स्नापड्रयागन ६६५ प्रोससर रहेको छ । यसको स्टोरेजलाई कार्डको सहयोगमा ५१२ जीबी सम्म बढाउन सकिन्छ ।

यस फोनको रियरमा पनि ट्रिपल रियर क्यामरा सेटअप रहेको छ । यस सेटअपमा ४८ मेगापिक्सल प्राइमरी क्यामरा, १६ मेगापिक्सलको एक्सन क्यामरा र २ मेगापिक्सलको माइक्रो क्यामरा रहेको छ । साथै यसमा लेजर अटोफोकस मोड्युल पनि प्रदान गरिएको छ । सेल्फीको लागी यसमा १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । यसको ब्याट्री ४,०००एमएएच को रहको छ । र यसमा १० वाटको र्यापिड चार्जिंगको सर्पोट रहेको छ । यसको रियरमा फिंगरप्रिन्ट सेन्सर रहेको छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: २७ माघ २०७६, सोमबार

ताजा समाचार