इन्टरनेट सेवा प्रदायक भायानेट कारबाहीमा, दूरसंचार प्राधिकरणद्धारा ५० हजार रुपैयाँ जरिवाना

Technology Khabar २६ माघ २०७६, आईतवार

इन्टरनेट सेवा प्रदायक भायानेट कारबाहीमा, दूरसंचार प्राधिकरणद्धारा ५० हजार रुपैयाँ जरिवाना
Global IME Bank

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले निर्देशन विपरितको कार्य गरेको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

भायानेटलाई प्राधिकरणको निर्देशन विपरित चिठ्ठामा आधारित उपहार कार्यक्रम संचालन गरेको विषयमा दोषि ठहर गर्दै ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो । प्राधिकरणको गत माघ १७ गते बसेको बोर्ड बैठकले भायानेट कम्यूनिकेशन प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गर्दै कारबाहीको निर्णय गरेको हो ।

भायानेटले प्राधिकरणले दिएको निर्देशन विपरित चिठ्ठामा आधारित उपहार कार्यक्रम ‘गेट चान्स टू वीन १ ईयर अफर फ्रि इन्टरनेट एभ्री वीक थ्रो लक्की ड्र आवर सर्भिस (Get Chance to win 1 year of free internet every week through lucky draw our services)’ नामक योजना संचालन गरेको थियो । सो विषयमा कम्पनीलाई स्पष्टिकरण सोधिएको र सो स्पष्टिकरणपछि जरिवानाको निर्णय गरिएको प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।

सो उपहार कार्यक्रम योजना प्राधिकरणले २०७० साल भदौ ३० गते दिएको दूरसंचार सेवा प्रदायक तथा इन्टरनेट सेवा प्रदायक संस्थाहरुलाई दिएको निर्देशन विपरित प्रचार प्रसार गरेको भन्दै प्राधिकरणले कारबाही गरेको हो ।

प्राधिकरणले भायानेटलाई दूरसंचार ऐन २०५३ को दफा ४७(१) बमोजिम ५० हजार रुपैयाँ जरिवाना गर्दै कारबाही गरेको हो ।

कम्पनीले अब सो जरिवाना रकम दूरसंचार प्राधिकरणलाई तिर्नुपर्नेछ ।

कानूनअनुसार प्राधिकरणको निर्देशन विपरित कार्य गर्ने दूरसंचार सेवा प्रदायकहरुलाई ५ लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान रहेको छ ।

यस्तो थियो २ वर्ष अगाडी तत्कालिन समयमा गरेको चिठ्ठा अफर-

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २६ माघ २०७६, आईतवार