एनसेलमार्फत माइक्रोसफ्टले नेपालमा क्लाउड सेवा उपलब्ध गराउने

Technology Khabar २६ माघ २०७६, आईतवार

एनसेलमार्फत माइक्रोसफ्टले नेपालमा क्लाउड सेवा उपलब्ध गराउने

काठमाडौं । एनसेलले नेपालमा माइक्रोसफ्टको क्लाउड सेवा दिने भएको छ । आजियाटा माइक्रोसफ्टको क्षेत्रीय साझेदार भएकै कारण माइक्रोसफ्टले नेपालमा एनसेलमार्फत आफ्नो सेवा दिन लागेको हो ।

माइक्रोसफ्टले गएको बिहिबार एक कार्यक्रमका बिच नेपालमा एनसेलमार्फत आफ्ना क्लाउड सर्भिसहरु उपलब्ध गराउने घोषणा गरेको छ ।

सो क्लाउड सर्भिससँगै नेपालमा एनेलले माइक्रोसफ्टको सेक्यूरिटी, एआई, बिग डाटालगायतका सेवाहरु दिनेछ । एनसेलले सरकारी निकायसहित अन्य कम्पनीहरुका लागि आफ्नो क्लाउड सेवा दिने बताईएको छ ।

प्रकाशित: २६ माघ २०७६, आईतवार

Comments are closed.

Loading...