Technology Khabar २६ माघ २०७६, आईतवार
काठमाडौं ।
काठमाडौं । हाल ओपोसँग जोडिएको कयौँ लीकहरु सार्वजनिक भइरहेका छन जसमा फाइन्ड सीरीजको अपकमिंग फोन ओपो फाइन्ड एक्स २ र फाइन्ड एक्स २ प्रो को वारेमा जानकारी हुने गर्दछन । यस्ता लीकहरुलाई पछाडि छोड्दै ओपोले अफिशियल रुपमा ओपो फाइन्ड एक्स २ सीरीज लन्च गर्ने घोषणा गरेको छ ।
ओपोले अफिशियलरुपमा यसलाई आउँदो २२ फरवरीमा लन्च गर्ने घोषणा गरेको हो। कम्पनीले यस सीरीजलाई मोबाइल वल्र्ड कंग्रेस एमडब्ल्युसि २०२० भन्दा पहिले नै विश्व बजारमा सार्वजनिक गर्न लागेको हो ।
कम्पनीले यस स्मार्टफोनको लन्च डेट बाहेक अन्य बिशेषताहरुमा अहिले पनि केहि जानकारी दिएको छैन । त्यस्तै कम्पनीले यस सीरीजमा अरु कति स्मार्टफोन लन्च गर्दछ भन्ने बारे पनि केहि खुलाएको छैन । तर कम्पनी आउँदो २२ फरवरीमा ओपो फाइन्ड एक्स२ सँगै फाइन्ड एक्स२ प्रो स्मार्टफोनलाई पनि सार्वजनिक गर्न सक्ने आशा गरिएको छ । ओपोले लन्च गरेको टिजरमा अनकभर दि अल्टिमेट ट्यागलाइनको प्रयोग गरेको छ जसबाट फाइन्ड एक्स सीरीजको यस स्मार्टफोन हाईएन्ड स्पेशिफिकेशनमा रहँदै फ्ल्यागशिप सेग्मेन्टमा नै एन्ट्री लिने अनुमान छ ।
ओपो फाइन्ड एक्स२ को डिजाइनको कुरा गर्दा हाल अगाडी आएको फोटो अनुसार यस फोनमा ट्रिपल रियर क्यामरा सेटअप रहने छ । तर यो क्यामरा सेटअप हालसम्म सार्वजनिक भएको मोबाइलहरु भन्दा फरक रहने छ ।
कम्पनीले यस स्मार्टफोनको रियर क्यामरा सेटअपमा सेमी सर्कल अर्थात अर्ध गोलाकार शेप बनाएको छ । यसको फस्ट लुकमा यसलाई चन्द्रमा जस्तो देखिएको छ । यस सेटअपमा दाहिने तर्फको सबैभन्दा अगाडी फ्ल्यास लाइट रहेको छ । यसपछि गोलो सेपमा दाहिनेतर्फ बढ्दै गरेर तीन सेन्सर रहेको छ । फोनको ब्याक प्यानलमा बनेको क्यामरा सेटअपको माथी पनि चन्द्रमा जस्तो आकृति रहेको छ । यस फोनमा चन्द्रमा जस्तो आकार नोटिफिकेशनहरु आउँदा चम्कने वा बल्ने खालको हुनपनि सक्दछ । यस बाहेक ओपो फाइन्ड एक्स२ को ब्याक प्यानलमा अरु कुनै सेन्सर वा कुनैपनि प्रकारको लोगो रहेको छैन ।
फोनको फ्रन्ट प्यानलमा आउँदा यसमा फुलभ्यू डिस्प्ले प्रदान गरिएको छ । ओपो फाइन्ड एक्सको डिस्प्लेमा कुनैपनि प्रकारको नच देखिएको छैन । फोनमा माथिल्लो प्यानलमा पपअप म्याक्नेजिम देखिएको छ । यस फोनमा दुई सेल्फी क्यामरा हुन सक्ने आशा गरिएको छ । यस स्मार्टफोन राउन्ड एजेजमा बनेको छ । फोनको तल्लो प्यानलमा यूएसबी टाइपी सी पोर्ट रहेको छ । यस पोर्टको दुबैतर्फ स्पीकर रहेको छ । फोनको दायाँ प्यानलमा भोल्युम रकर रहेको छ र बायाँ प्यानलमा पावर बटन रहेको छ ।
सीरीजको अर्को स्मार्टफोन ओपो फाइन्ड एक्स२ पनि ५जी स्मार्टफोन हुने छ । फोनको विशेषताहरुको कुरा गर्दा यस स्मार्टफोनमा क्वालकमको सबैभन्दा पावरफुल चिपसेट स्नापड्रयागन ८६५ रहने छ । ओपो फाइन्ड एक्स२ मा १२०हर्ज रिफ्रेश रेटको डिस्प्ले देखिन पाइने छ । त्यस्तै कम्पनीले यस फोनमा ६५ वाटको फास्ट चार्जिंग टेक्नोलोजी प्रदान गर्न सक्ने आशा गरिएको छ ।
यस स्मार्टफोनमा अल पिक्सेल ओम्नी–डिरेक्सनल पिडिएएफ फिचर देख्न सकिने सम्भावना रहेको छ । यस टेक्नोलोजीको खास विशेषता यो भर्चुअल र होरिजेन्टल डाइरेक्सनमा पेटर्न चेन्जलाई टिटेक्ट गर्न सक्दछ । यस फोनलाई लो लाइट परफमेन्स र फोकस लाईपनि निकै फास्ट बनाइएको बताईँदै आएको छ । त्यस्तै केहि लीक्सहरुको अनुसार यस स्मार्टफोनमा इनडिस्प्ले सेल्फी क्यामरा सँगै लन्च गर्न हुन सक्ने छ । एजेन्सी
प्रकाशित: २६ माघ २०७६, आईतवार