ट्विटरले भन्यो- फेसबुक र मेसेन्जरको आधिकारीक ट्विटर एकाउन्ट ह्याक भए

Technology Khabar २५ माघ २०७६, शनिबार

ट्विटरले भन्यो- फेसबुक र मेसेन्जरको आधिकारीक ट्विटर एकाउन्ट ह्याक भए

काठमाडौं ।

काठमाडौं । ट्विटरले सोसल मिडिया जायन्ट फेसबुक इंक र मेसेन्जरको आधिकारीक एकाउन्ट ह्याक भएको बताएको छ । कम्पनीले शुक्रबार ट्विटरमा रहेको फेसबुक र मेसेन्जरको एकाउन्ट ह्याक भएको जानकारी दिएको हो ।

ट्विटरका प्रवक्ताले सो एकाउन्टहरु थर्ड पार्टि प्लेटफर्ममार्फत ह्याक गरिएको जानकारी दिएका छन् ।

ट्विटरका प्रवक्ताकाअनुसार सो विषयमा तत्काव सचेतनात्मक इस्यू जारी गरिएको र कम्प्रोमाइज भएको एकाउन्टहरुलाई लक गरिएको थियो । फेसबुकसँग सो विषयमा नजिकबाट काम भईरहेको र त्यसलाई पुन रिस्टोर गरिएको थियो ।

फेसबुकले पनि आफ्नो केहि आधिकारिक सोसल मिडिया एकाउन्टहरु ह्याक भएको शुक्रबार बताएको थियो ।

यसअघि पनि ट्विटर इंकका सिईओ ज्याक डोर्सीको ट्विटर एकाउन्ट नै ह्याक भएको थियो जसलाई पछि सुरक्षित पारिएको थियो । एजेन्सी

easy care

प्रकाशित: २५ माघ २०७६, शनिबार