फेसबुक प्रयोग गर्नु हुन्छ ? तपाईँको फेसबुक एकाउन्ट बेच्दा मूल्य कति आउला थाहा पाउनुस्

Technology Khabar २५ माघ २०७६, शनिबार

फेसबुक प्रयोग गर्नु हुन्छ ? तपाईँको फेसबुक एकाउन्ट बेच्दा मूल्य कति आउला थाहा पाउनुस्

काठमाडौं ।

काठमाडौं । सन् २००४ मा स्थापना भएको फेसबुकको मुनाफा हरेक वर्ष अबौँ रुपैयाँले बढ्दै गइरहेको छ । फेसबुकले आफ्नो मुनाफा दुई तरिकाले कमाउँदछ । पहिलो फेसबुकमा विज्ञापन र कन्ट्रयाक्ट प्रमोशनको माध्यमबाट र दोस्रो आफ्ना प्रयोगकर्ताको डाटाको माध्यमबाट । डाटाको हिसाबले एक अमेरिकी प्रयोगकर्ताको फेसबुक प्रोफाइलको मुल्य २३,००० रुपैयाँ हुन आउँदछ ।

वर्ष २०१८ र २०१९ मा फेसबुक डाटा प्राइभेसीहरुको निकै विवादहरुबाट घेरिएर रहेको थियो तर पनि यस कम्पनीले २०१९ को अन्तिम त्रैमाशिकमा ६.८८ बिलियन डलर नाफा कमाउन सफल भएको थियो । जसबाट कम्पनीको कुल मुनाफा ३० प्रतिशतले बढेर १६.६४ बिलियन डलरमा पुगेको थियो । यस समयमा दैनिक फेसबुक चलाउने र मासिकरुपमा फेसबुक चलाउने दुबैमा करिब ९ प्रतिशतको बढोत्तरी भएको थियो । हाल दुई करोड प्रयोगकर्ता दैनिक एक्टिभ रहन्छन् ।

इन्टरनेटको गणित बुझ्नेले फेसबुक जस्ता सबै फ्रि वेबसाइटहरुले हाम्रो डाटाको माध्यमबाट पैसा कमाउँछ भन्ने बुझेका हुन्छन् । यस्ता वेबसाइटहरुले हामीलाई फ्रिमा युज गर्न दिएर हाम्रो डाटालाई संकलन गर्दछन र त्यसैको आधारमा विज्ञापनहरु प्रसारण गरेर पैसा कमाउँदछन्।

यस कुराको जानकारीबाट अब हाम्रो फेसबुक प्रोफाइलको मुल्य कति हो भन्ने एक स्वभाविक प्रश्न उठ्दछ । सिधारुपमा भन्दा कति रुपैयाँको हो हाम्रो एकाउन्ट ? उदाहरणको लागि यदि तपाईँको फेसबुक डाटाको पुरा फाइल ९४० एमबीको छ । तपाईँले गएको तीन वर्षदेखि फेसबुक चलाउँदै आउनुभएको छ । यस फाइलमा तपाईँको पुरा जानकारी रहेको छ जस्तो तपाईँले हालसम्म फेसकबुकमा के शेयर गर्नुभयो, त्यसमा पर्सनल वा तपाईँको पोस्टहरु, फोटोहरु, साथीहरुसँग गरेको च्याटहरु रहेका हुन्छन् ।

यसबाहेक ती इभेन्टहरुपनि रहेका हुन्छन जसमा तपाईँको उपस्थिति रहेको थियो । जस्तो तपाईँले कहिले कलेज ज्वाईन गर्नुभयो, म कति वर्ष समयसम्म रिलेशनसिपमा रहनुभयो त्यस्तै तपाईँले कहिले कुन लिङ्क वा विज्ञापनमा क्लिक गर्नुभयो आदी सबै जानकारी फेसबुकसँग रहेको हुन्छ जसलाई फेसबुकले एनालाइज गरेर तपाईँको बारेमा केहि अनुमान पनि बनाएर राख्ने गर्दछ । जस अनुरुप फेसबुकले तपाईँलाई तपाईँको प्रायोरिटीमा रहने चिजहरु प्रस्तुत गर्दछ । चाहे तपाईँले त्यस चिजलाई क्लिक नै नगरे पनि ।

फेसबुकले हामीलाई मन पर्ने र नपर्ने साथै हामीले पोस्ट गरेको सबै गतिविधीहरुलाई एनालाइज गर्दै हामीमध्ये हरेकको एक खास डाटा तयार गर्दछ । जसलाई सिधै विज्ञापनदाताहरुलाई बेच्न सकिन्छ । यस्तो प्रोफाइलमा विश्वका अन्य फेसबुक प्रोफाइलको तुलनामा अमेरिकी फेसबुक प्रोफाइल पाँच गुणा महङ्गो रहेका पाइन्छ।

युजरका प्रोफाइलहरुको एक वर्ष पहिलेको रेटमा हिसाब गर्दा एक अमेरिकी नागरिक बराबर औसत २०० डलर अर्थात नेपाली करिब २३,००० रुपैयाँ हुन आउँछ । त्यस्तै विश्वका अन्य युजरहरुको कुरा गर्दा उनिहरुको डाटा करिव ४,५०० रुपैयाँ हुन आउँदछ । यसमा नेपाली प्रयोगकर्ताहरुपनि रहेका छन् । अर्थात हाम्रो एक फेसबुक प्रोफाइलको मुल्य करिव ४,५०० रुपैयाँको रहेको मान्न सकिन्छ । नेपालमा करिब ९१ लाख यूजर फेसबुकमा रहेको अनुमान छ।

यदि फेसबुकले हामीलाई आफ्नो साइटमा समय बिताए बापत पैसा दिने गर्थ्यो भने हामीले हरेक घण्टाबापत ९ देखि ११ रुपैयाँ पाउन सक्थ्यौं तर फेसबुकले यसमा हामीलाई एक पैसा पनि प्रदान गर्दैन तर हाम्रो डाटाको प्रयोगबाट उ आफुले भने अर्बौ कमाउने गर्दछ । यसै तरिकाले गूगल, ट्विटरले पनि पैसा कमाउने गर्दछन्। एजेन्सीका साथ

easy care

प्रकाशित: २५ माघ २०७६, शनिबार