रियलमीले आफ्नो नयाँ ५जी स्मार्टफोन मोबाइल वर्ल्ड कंग्रेसमा लन्च गर्दै

Technology Khabar २४ माघ २०७६, शुक्रबार

रियलमीले आफ्नो नयाँ ५जी स्मार्टफोन मोबाइल वर्ल्ड कंग्रेसमा लन्च गर्दै

काठमाडौं ।

काठमाडौं । स्मार्टफोन निर्माता रियलमीले यसअघि नै यसवर्ष हुने मोबाइलको महाकुम्भ टेक मोबाइल इभेन्टमा भाग लिने घोषणा गरिसकेको छ । रियलमीले विश्वस्तरिय आयोजनामा भागलिन लागेको यो पहिलो पटक हो ।

एमडब्ल्युसि २०२० मा रियलमीले २४ फरवरीका दिन एक इभेन्ट हुने छ जसमा कम्पनीले आफ्नो नयाँ प्रविधिसँगै नयाँ प्रोडक्टहरु पेश गर्नेछ । हालसम्म रियलमीले यस इभेन्टमा ५जी स्मार्टफोन लन्च गर्न सक्ने अनुमान मात्रै लगाईँदै आएको छ ।

तर अहिले रियलमीले आधिकारीकरुपमा मोबाइल वर्ल्ड कंग्रेस (एमडब्ल्युसी)मा कम्पनीले ५जी स्मार्टफोन सार्वजनिक गर्ने घोषणा गरेको छ ।

रियलमीले आफ्नो अफिशियल ट्विटर ह्यान्डलमा ट्विट गर्दै यस लन्चको बारेमा जानकारी दिएको हो । कम्पनीले आफ्नो यूरोपियन अकाउन्टबाट ट्विट गर्दै आफुहरुले यस पटकका मोबाइल वर्ल्ड कंग्रेसमा ५जी स्मार्टफोन लन्च गर्ने खुलाएको हो । यस ट्विटमा #realme5G शब्दको प्रयोग गरिएको छ ।

रियलमीले यस स्मार्टफोन कुन नामले लन्च हुन्छ भन्ने बारे केही खुलाएको छैन । तर कम्पनीले यस स्मार्टफोनलाई रियलमी एक्स५० प्रो को नामा लन्च गर्न सक्ने अनुमान लगाइएको छ । यस स्मार्टफोनमा पञ्चहोल डिस्प्ले रहने चर्चा रहेको छ । त्यस्तै यस स्मार्टफोनमा क्वालकमको स्नापड्रयान ८६५ चिपसेट प्रयोग हुन सक्ने छ।

कम्पनीको यसअघिको स्मार्टफोन रियलमी एक्स ५० ५जी को विशेषताहरुको कुरा गर्दा कम्पनीले यसमा २०.९ एस्पेक्ट रेशियोको ६.५७ इन्चको फुलएचडी प्लस एलसिडी डिस्प्ले प्रदान गर्नेको छ।

यस स्मार्टफोनमा कम्पनीको तर्फबाट रियलमी यूआई मा आधारित एन्ड्रोएड १० मा लन्च गरिएको छ । जसमा क्वालकमको स्नापड्रयागन ७६५जी चिपसेट रहेको छ । स्मरण रहोस क्वालकमको यस चिपसेटले डुअल मोड ५जी (एसए/एनएसए) लाई सर्पोट गर्दछ । एजेन्सी

easy care

प्रकाशित: २४ माघ २०७६, शुक्रबार