अमेरिकामा ५जीको लागि स्याटेलाइटको सी-ब्याण्ड खाली गराईँदै, ९.७ अर्ब डलर क्षतिपूर्ति प्रस्ताव

Technology Khabar २४ माघ २०७६, शुक्रबार

अमेरिकामा ५जीको लागि स्याटेलाइटको सी-ब्याण्ड खाली गराईँदै, ९.७ अर्ब डलर क्षतिपूर्ति प्रस्ताव
NTC_Advt

काठमाडौं ।

काठमाडौं । अमेरिकी फेडेरल कम्युनिकेशन्स कमिसनका चेयरम्यान अजित पाईले सी-ब्याण्डको स्पेक्ट्रम खाली गर्न र हालका स्याटेलाइट यूजर्सहरुलाई सिफ्ट गर्नका लागि ९.७ अर्ब डलरको अनुदान दिने प्रस्ताव गरेका छन् ।

टेलिकम्युनिकेशन्स रेगुलेटरले कानून निर्माताहरुलाई गत महिना नै सो संभावित भुक्तानी रकमको बारेमा जानकारी दिएको थियो ।

एफसिसिका चेयरम्यानको सो प्रस्तावसँग प्रमुख स्याटेलाइट फर्महरु जसमा इन्टेलस्याट एसएसहितले भने सो स्पेक्ट्रम ब्याण्डको विभिन्न भागहरु सिफ्ट गराउने निर्णयबाट पछाडि हट्ने अपेक्षा गरेका छन्।

तर एफसिसि अधिकारीहरुले भने सो सम्झौताको बारेमा आशाबादी भएको बताए ।

पाईले बिहिबार सो रकम भुक्तानीमार्फत सो स्पेक्ट्रमबाट सिफ्ट गराउने र सी ब्याण्ड ५जी जडानको लागि सकेसम्म उपलब्ध गराउने बताए । उनले स्याटेलाइट कम्पनीहरुको व्यक्तिगत हित भन्दा सार्वजनिक हितको लागि हुने दाबी गरे ।

सी ब्याण्ड स्पेक्ट्रमको ब्लक हो जून स्याटेलाइट कम्पनी ग्राहकहरुले १२ करोड अमेरिकी घरहरुमा भिडियो तथा रेडियो कार्यक्रमहरु पठाउन प्रयोग गरिरहेको छन् ।

पाईले सो स्पेक्ट्रम खालि गरेर अर्को स्थानमा लाँदा स्याटेलाइट कम्पनीहरुको करिब ३ अर्ब देखि ५ अर्ब डलरसम्म खर्च हुने अनुमान गरे । उनले नयाँ स्याटेलाइटहरु लन्च गरिनु आवश्यक भएको र अर्थ स्टेशनकाहरुले भने स्पेक्ट्रम सार्नुपर्ने बताए ।

पाईकाअनुसार सी ब्याण्डको २८० मेगाहर्ज ब्याण्ड अक्सनका विजेताहरुद्धारा सो रकम भुक्तानी गराईने बताए ।

प्रमुख स्याटेलाइट कम्पनीहरु इन्टेलस्याट र एसईएस एसए तथा टेलिस्याट जो सी ब्याण्ड अलाएन्टमा छन्, उनीहरुले यसअघि सहिरुपमा उचित क्षतिपूर्ति पाउनुपर्ने बताएका थिए ।

अमेरिकी सिनेटर जोन केनेडीले भने सो ९.७ अर्ब डलर क्षतिपूर्ति निकै बढि रकम भएको र यो करदाताहरुको विरुद्धमा भएको बताए ।

यसअघि स्याटेलाइट निर्माता कम्पनी इन्टेलस्याटले अमेरिकी फेडेरल कम्युनिकेशन कमिसनले यदि ३.८ गीगाहर्ज ब्याण्ड कम्पनीको विरुद्धमा निर्णय गरेमा दिवालिया घोषणा गर्न सक्ने बताईएको थियो । इन्टेलस्याटले दिवालिया घोषणा गर्नको लागि किर्कल्याण्ड र एलिजबाट विज्ञहरु संस्थामा नियुक्त गरेको छ । एजेन्सी

प्रकाशित: २४ माघ २०७६, शुक्रबार