गूगल म्याप्सको १५ वर्ष, कम्पनीले बदल्यो डिजाइन र आइकोन, थपियो नयाँ फीचरहरु

Technology Khabar २४ माघ २०७६, शुक्रबार

गूगल म्याप्सको १५ वर्ष, कम्पनीले बदल्यो डिजाइन र आइकोन, थपियो नयाँ फीचरहरु
Classic Tech

काठमाडौं । गूगल म्याप्स अब १५ वर्षको भएको छ । १५औँ स्थापना दिवस मनाउँदै कम्पनीले गूगल म्याप्सको नयाँ आईकन सार्वजनिक गरेको छ । त्यस्तै कम्पनीले म्याप्सलाई पनि रिडिजाईन गरेको छ ।

गूगल म्याप्समा अहिले केहि फीचसहरु रिडिजाइन भएको छ । गूगल म्याप्सको आइकनको कुरा गर्दा यहाँ गूगल म्याप्सलाई ह्वाइट ब्याकग्राउन्डमा राखिएको छ । यसमा गूगलको आफ्नो सिग्नेचर कलरहरु रहेको छ । नयाँ आइकोन आईओएस र एन्ड्रोएड स्मार्टफोन प्रयागकर्ताहरुले नयाँ अपडेटसँगै पाउने छन् ।

यो गूगलको दोस्रो एप आइकोनको आधारमा परिवर्तन गरिएको हो । गूगल म्याप्सको इन्टरफेसमा पनि केहि परिवर्तन भएको छ । यसको बटममा दुईवटा ट्याव–कन्ट्रिब्यूट र अपडेट रहेको छ । यसमा रहेको फर यू ट्यावलाई सेभ्ड ट्याबमा परिर्वतन गरिएको छ ।

गूगल म्याप्सले केहि नयाँ फिचरहरु पनि ल्याएको छ जसलाई तपाईँले आफ्नो मोवाइलमा मार्चबाट देख्न सक्नुहुने छ । कम्पनीले ट्रान्सपोर्टको जानकारीलाई अझ सहि बनाउन क्राउडसोर्स इन्फर्मेशनमा फोकश गरेको छ ।

नयाँ अपडेटको रुपमा सार्वजनिक यातायातमा क्राउड बाहेक टेम्प्रेचर र भेहिकल चेयर एक्सेसिबिलिटी जस्ताको जानकारी पनि अपलोड गर्न सक्नुहुने छ । कम्पनीले म्याप्समा अगमेन्टेड रियालिटी लाइभ भ्यू फीचर पनि प्रदान गरेको छ । यसको माध्यमबाट अब लोकेशन थ्रीडिमा अन नहुँदापनि सजिलै अगमेन्टेड रियालिटीको रुपमा देखिने छ ।

हालसम्म गूगल म्याप्समा एक्सप्लोर ट्याव र कमिट ट्याव पाइँदै आएकोमा नयाँ डिजाइनन पछि तपाईँले धेरै ट्याव पाउन सक्नुहुनेछ । जसमा एक्सप्लोर, कम्युट, सेभ्ड, कन्ट्रिब्युट र अपडेट्स ट्याव शामेल रहेका छन ।एजेन्सी

प्रकाशित: २४ माघ २०७६, शुक्रबार

Comments are closed.

Loading...