बैज्ञानिकले बनाए खुम्च्याउन र तन्काउन मिल्ने सफ्ट स्ट्रेचेवल ब्याट्री, हातको औंला जत्रै साइजमा

Technology Khabar २४ माघ २०७६, शुक्रबार

बैज्ञानिकले बनाए खुम्च्याउन र तन्काउन मिल्ने सफ्ट स्ट्रेचेवल ब्याट्री, हातको औंला जत्रै साइजमा

काठमाडौं । शोधकर्ताहरुले हालै एक विशेष प्रकारको प्लास्टिक पोलिमरबाट बनेको एक सफ्ट स्ट्रेचेवल ब्याट्री बनाएका छन । जुन परम्परागत ब्याट्रीको तुलनामा ज्यादा पावर सेभ गर्दछ ।

आउँदा दिनमा यसलाई सेन्सरको रुपमा विकसित गरिने छ । जुन मानिसको अनुहारमा रहेर मुटुको धड्कनको निगरानी राख्न सहयोगी साबित हुने छ ।

जर्नल नेचर कम्युनिकेशनमा प्रकाशित अध्ययन अनुसार स्मार्टवाच जस्ता लगाउनु पर्ने इलेक्ट्रोनिक्स ग्याजेटमा कडा ब्याट्रीको प्रयोग भएको हुन्छ । यसमा पावर ब्याकअप कम हुने गर्दछ र यसलाई लगाउँदा पनि आरामदायी महशुस गर्न सकिँदैन । यसमा केमिकल लिकेजको खतरापनि हुने गर्दछ ।

अमेरिकाको स्ट्यान्डफोर्ड युनिभर्सिटीका शोधकर्ता र केमिकल इन्जिनियर झोनान बाओले हालसम्म हामीसँग शरिर अनुसार स्ट्रेच हुने र मोडिने ब्याट्री नरहेको बताए । उनले हाल आफुहरुले मानिसहरुले आरामसँग लगाउन सक्ने इलेक्ट्रोनिक्स बनाउन सफल भएको बताएका छन्।

हालको अध्ययनमा बैज्ञानिकहरुले एक पोलिमरलाई विकशित गरेका छन जुन सोलिड र स्ट्रेचेबल रहेको छ । यसमा लिकेजको खतरा निकै कम रहने गर्दछ । त्यस्तै यो टाँसिने खालको पनि रहेको छ । पोलिमर इलेक्ट्रोलाइटले ब्याट्रीको ध्रुव इलेक्ट्रोनिक चार्ज गर्दछ । शोधकर्ताहरुले ल्याबमा गरेको परिक्षणमा यसलाई यसको वास्तविक लम्वाइभन्दा दुई गुणा सम्म लान्न, घुमाउन र घुमाएर पनि आउटपुट कायम राख्न सकिन्छ ।

बैज्ञानिकहरुका अनुसार यस डिभाइसको संभावित प्रयोग पावर स्ट्रेचेवल सेन्सरको रुपमा पनि हुन सक्दछ । जुन अनुहारमा टाँसिएर मुटुको धड्कन र अरु अङ्गहरुको निगरानी राख्न सहयोगी हुन सक्दछ । यस नयाँ ब्याट्रीको आकार औलाको नङ बराबर रहेको छ । एजेन्सी

TK Viber

प्रकाशित: २४ माघ २०७६, शुक्रबार

Loading...