बेलायतले इलेक्ट्रिक भेहिकललाई प्रबर्द्धन गर्दै, २०४० देखि पेट्रोल र डिजल कारमा प्रतिबन्ध लगाईने

Technology Khabar २४ माघ २०७६, शुक्रबार

बेलायतले इलेक्ट्रिक भेहिकललाई प्रबर्द्धन गर्दै, २०४० देखि पेट्रोल र डिजल कारमा प्रतिबन्ध लगाईने

काठमाडौं । बेलायतले यसअधि नै आफ्नो लक्ष्य २०४० सम्ममा पेट्रोल र डिजलबाट चल्ने कारहरुमा प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ । त्यसका लागी अब बन्ने सबै सवारी साधनलाई इलेक्ट्रिक कारका रुपमा बेच्न पर्नेछ ।

संयुक्त अधिराज्यका प्रधानमन्त्री बोरिस जोनसनले २०३५ सम्ममा नै यो पुरा हुने अनुमान गरेका छन् । यसको उदेश्य ब्रिटेनका सडकहरुलाई शुन्य कार्वन उत्सर्जन गर्ने सडक बनाउनु हो ।

हाल इलेक्ट्रिक कारलाई आफ्नो दैनिक जिबनमा कसरी प्रयोग गर्ने भन्ने प्रश्न रहेको छ । यद्पी हालको नयाँ टेक्नोलोजीकल प्रगति र यस क्षेत्रका निर्माताहरुको गतिलाई हेर्दा भने यसले पहिले नै आफ्नो बाटो समाईसकेको देखिन्छ ।

उनले यदि कसैले २०३५ लाई निकै टाठाको रुपमा हेर्छ भने १५ वर्षलाई उल्ट्याउने एक्सरसाइज गर्न भने । उनले इलेक्ट्रिक कार नै भविष्य भएको तरपनि हाल यो यातायातको साधनबाट निकै पर रहेको बताए ।

उनले यसको कारण चार्जिंगका लागी धेरै समय कुर्नुपर्ने भएको बताएका छन र यसमा कम हुनुपर्ने बताए । इलेक्ट्रिक कारको प्रयोगले कार्वन उत्र्सजनलाई निकै कम गर्दछ । यो क्वाइटमोडमा चल्दछ जसले ध्वनि प्रदुषणलाई कम गर्न मदत पुर्याउदछ । एजेन्सी

प्रकाशित: २४ माघ २०७६, शुक्रबार

Comments are closed.

Loading...