लिङ्कडइनका सिईओ जेफ वाइनरद्धारा आफ्नो पदबाट राजीनामा

Technology Khabar २४ माघ २०७६, शुक्रबार

लिङ्कडइनका सिईओ जेफ वाइनरद्धारा आफ्नो पदबाट राजीनामा
Classic Tech

काठमाडौं । लिङ्कडइनका सिईओ जेफ वाइनरले बुधवार आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन् । अब उनको यस पदलाई कम्पनीका सिनियर भाइस प्रेसिडेन्ट रायन रोस्लान्स्कीले सम्हाल्ने छन् । रोस्लान्स्की जूनबाट वाइनरले कम्पनीको एग्जुकेटिभ चेयरमेन पद सम्हालेपछि सिईओ पदमा नियुक्ति हुने छन् ।

वाइनरले आफ्नो यस फैसलालाई एक ब्लग पोस्टबाट सार्वजनिक गरेका हुन् जहाँ उनले यस शिफ्टिंगको बारेमा चर्चा गएको गर्मी सिजनदेखी भइरहेको बताएका छन् । वाइनर र रोस्लान्स्कीले एकअर्कालाई २००१ मा याहूमा भेटेका थिए र रोस्लान्स्की लिङ्कडइनमा ११ वर्षदेखी कार्यरत छन्।

लिङ्कडइनमा पोस्ट गरिएको एक पोस्टमा कम्पनीले रायन रोस्लान्स्कीले १ जून २०२० बाट नयाँ सिईओ को रुपमा कामगर्ने बताइएको छ ।

हाल उनी ग्लोबल प्रोडक्ट स्ट्रयाटिजीका हेड हुन् र माइक्रोसफ्टका सिईओ सत्या नडेलालाई रिर्पोट गर्ने गर्दछन् । स्मरण रहोस लिङ्कडइनको स्वामित्व माइक्रोसफ्टसँग रहेको छ ।

लिङ्कडइनको अनुसार वाइनर कम्पनीको अबको नयाँ एग्जुकेटिभ चेयरमेन हुनेछन् । यस रोलमा उनले लिडरशिप टिमलाई सर्पोट गर्नेछन् र सबै कर्मचारीहरुलाई आर्थिक अवसर उपलब्ध गराउने छन् ।

लिङ्कडइनसँग हाल १६,००० कर्मचारी रहेका छन् र लगभग ६७५ मिलियन सदस्यहरु रहेका छन्। कम्पनी सन् २०११ मा सार्वजनिक भएको थियो र गएको वर्ष कम्पनीले ७.५ बिलियन डलर कमाई गरेको थियो । वार्यडलाई दिएको हालैको एक अन्तरवार्तामा विइनरले यो समय पदमा राजीनामा दिनका लागी उपयुक्त रहेको बताएका थिए । एजेन्सी

प्रकाशित: २४ माघ २०७६, शुक्रबार

Comments are closed.

Loading...