एनसेलले ल्यायो ‘भ्यालेन्टाइन अफर’, १८ पैसा प्रति मिनेटमा कुराकानी गर्न सक्ने

Technology Khabar २४ माघ २०७६, शुक्रबार

एनसेलले ल्यायो ‘भ्यालेन्टाइन अफर’, १८ पैसा प्रति मिनेटमा कुराकानी गर्न सक्ने
Classic Tech

काठमाडौं । एनसेलका सबै प्रिपेड ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असिमित कुराकानी गर्दै फाइदा लिन सक्नेछन् ।

नजिकिँदै गरेको प्रणय दिवसको अवसरमा एनसेल प्राईभेट लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ ।

यो अफरमा ग्राहकले मात्र रु १०० (कर सहित मात्र रु १२७.६९) मा ७०० मिनेट अन नेट टक टाइम रहेको साप्ताहिक भ्वाइस प्याकको मजा लिन सक्ने बताईएको छ ।

यो भ्यालेन्टाइन अफर आज शुक्रबार माघ २४ गतेदेखि लागु हुनेछ र ३ महिना सम्म संचालनमा रहनेछ । यस भ्यालेन्टाइन महिनाको अवसरमा संचालनमा ल्याउन लागिएको यो अफरअन्तर्गत ग्राहकले करसहित मात्र १८ पैसा प्रति मिनेटमा कुरा गर्न सक्ने कम्पनीको भनाई छ।

यो अफरको साप्ताहिक प्याक सुचारु गरेपछि ७ दिन सम्म समयावधि रहनेछ । ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स २ एस्ट्रिक्स ३ ह्यास (*17118*2*3# ) डायल गरी प्राप्त जानकारी अनुसार प्याक सुचारु गर्न सक्छन् ।

यो भ्यालेनटाइन अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप नजिक रहन मद्दत पुर्याउनुका साथै आफ्ना सम्बन्धहरुलाई अझै प्रगाढ बनाउन योगदान पुर्याउने एनसेलले जनाएको छ ।

प्रकाशित: २४ माघ २०७६, शुक्रबार

Comments are closed.

Loading...