चिनियाँ टेलिकम जायन्ट ह्वावेले युरोपमा ५जी फ्याक्ट्री बनाउँदै, ५जीका उपकरणहरु बनाउने

Technology Khabar २४ माघ २०७६, शुक्रबार

चिनियाँ टेलिकम जायन्ट ह्वावेले युरोपमा ५जी फ्याक्ट्री बनाउँदै, ५जीका उपकरणहरु बनाउने

काठमाडौं । ह्वावेले यूरोपमा फ्याक्ट्री स्थापना गर्ने तयारी गरिरहेको छ। युरोपियन युनियका लागी ह्वावेका प्रमुख प्रतिनिधी लियू क्याङ्गकाअनुसार कम्पनीले युरोपमा एक साइट छनौट गरिरहेको र ५जी प्रविधिको लागी एक फ्याक्ट्री स्थापना गर्ने तयारी गरिरहेको छ।

कम्पनीले युरोपसँग अझ नजिकबाट एकीकृत हुन र ईयु मुलुकहरुलाई दिइरहेको अमेरिकाको दबाबको प्रतिरोध गर्न ह्वावेले युरोपमा प्रोडक्सन बेस बनाउन लागेको हो । यस प्रोडक्सन बेसले युरोपियन मार्केटका लागी ५जी प्रविधि सम्वन्धित उपकरणहरु उपलब्ध गराउने छ ।

ह्वावेले फ्याक्ट्रीका लागी साइट छनौट गरिरहेको छ र यसका लागी कम्पनीले पहिले नै केहि युरोपका केहि लोकेशनलाई आफ्नो छनौटमा राखेको छ ।

युरोपियन युनियनकाअनुसार आफ्ना सदस्य राष्ट्रहरुले चिनियाँ कम्पनीलाई युरोपमा ५जी फ्याक्ट्रि स्थापनाका लागी अनुमती दिनसक्नेछन् । यद्पी युनियनले यस कम्पनीको कोर ५जी निमार्णमा सहभागीता जनाउने छैन्। युनियनले कम्पनीको ५जी पुर्वाधार निर्माणका क्रममा सुरक्षा जोखिम पुर्याउने कुनैपनि अपरेटरहरुलाई प्रतिवन्ध लगाउन सक्ने जनाएको छ ।

चिनियाँ नयाँवर्षको उपलक्ष्यमा ब्रसेल्समा भएको ह्वावेको कार्यक्रममा लियू क्याङ्गले युरोपमा कम्पनीको प्रतिबद्धता पहिले भन्दा बढी महत्वपुर्ण रहेको कारणले कम्पनीले युरोपमा फ्याक्ट्री निर्माण गर्ने निर्णय गरेको जनाएका छन् । उनले यसपछिमात्र आफुहरुसँग युरोपको मार्केटका लागी युरोपमै बनेको ५जी प्रोडक्डहरु हुने बताए ।

ईयुले कम्पनीको ५जी बिकासमा भाग नलिने बताएपनि क्याङ्गले केहि हदसम्म ईयुका सदस्य राष्ट्रहरुले भाग लिन सक्ने जनाएका छन् । उनले कम्पनीको यस योजना बेलायतको नियमसँग मिल्दोजुल्दो रहेको बताएका छन् ।

ह्वावेको ब्रसेल्सको कार्यक्रम उपस्थित रहेका युरोपियन युनियनका उपाध्यक्ष भिभियन रेडिङ्गले ह्वावेको युरोपमा ५जी सम्बन्धित उपकरणहरुको उत्पादनले युरोपमा ह्वावेका उत्पादनमा अझ विश्वास बढ्ने बताए । एजेन्सी

प्रकाशित: २४ माघ २०७६, शुक्रबार

Comments are closed.

Loading...