लन्च अघि नै कम्पनीको वेबसाइटबाट सामसङ ग्यालेक्सी एस२० लीक, यस्तो छ डिजाइन

Technology Khabar २३ माघ २०७६, बिहीबार

लन्च अघि नै कम्पनीको वेबसाइटबाट सामसङ ग्यालेक्सी एस२० लीक, यस्तो छ डिजाइन

काठमाडौं । यही १२ फरवरीमा सामसङले अनप्याक्ड २०२० इभेन्टमा ग्यालेक्सी एस२० सीरीज लन्च गर्दै छ । तर लन्च अघि नै ग्यालेक्सी एस२० गल्तीले कम्पनीको वेबसाइटमा लीक भएको छ ।

यसअघि यस स्मार्टफोनको रेन्डर्स आइरहेको मा अब यस लीकलाई अफिशियल मान्न सकिन्छ ।

आउँदो हप्ता कम्पनीले सान फ्रान्सिस्कोमा ग्यालेक्सी एस२०, एस२० प्लस र ग्यालेक्सी एस२० अल्ट्रा लन्च गर्ने छ । यसै इभेन्टमा कम्पनीको नयाँ फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फ्लिप पनि लन्च हुन सक्ने छ ।

कम्पनीबाट भएको यस लीकलाई सबैभन्दा पहिले विनफ्युचरले आफ्नो वेबसाइटमा पोस्ट गरेको थियो । यस इमेजबाट ग्यालेक्सी एस२० को डिजाइन क्लियर भएको छ । यस स्मार्टफोनमा पञ्चहोल सेल्फि क्यामरासँगै स्क्वाड सेप्ड रियर क्यामरा मोड्युल रहेको छ ।

टिप्स्टर जोन प्रोसेरले ग्यालेक्सी एस२० सीरीजको मुल्यपनि ट्विटरमा पोस्ट गरेका छन । उनका अनुसार भेरीजोन स्रोतले ग्यालेक्सी एस२० को मुल्य ९९९ डलर हुने बताएको छ । त्यस्तै ग्यालेक्सी एस२० प्लसको मुल्य १,१९९ डलर र ग्यालेक्सी एस२० अल्ट्राको मुल्य १,३९९ हुने छ । यसअघि पनि यहि मुल्य लीक भएको थियो ।

ग्यालेक्सी एस २० अल्ट्रामा ६.९ इन्चको एमोएलइडि डिस्प्ले रहने छ । यसको लागी कम्पनीले इनफिनिटी ओ डाइनामीक एमोएलईडि स्क्रीन प्यानल को प्रयोग गर्न सक्ने छ । यसको एस्पेक्ट रेशियो २०.९ हुन सक्ने छ ।

रिर्पोटहरुको अनुसार ग्यालेक्सी एस२० अल्ट्रा मा १२० हर्ज रिफ्रेश रेटको डिस्प्ले रहन सक्ने छ । यस स्मार्टफोनमा कम्पनीको इनहाउस प्रोससर एक्सयोनस चिपसेट प्रयोग भएको हुन सक्ने छ ।

मेमोरीको कुरा गर्दा यसमा दुई अप्सन हुने छ । पहिलो भरियन्टमा १२८जीबी स्टोरेज हुने छ भने दोस्रो भेरियन्टमा ५१२जीबी स्टोरेज रहने छ । हाल यसको ¥याम १६जीबी हो वा होइन भन्ने क्लियर भएको छैन । एजेन्सी

प्रकाशित: २३ माघ २०७६, बिहीबार

Comments are closed.

Loading...