मर्मत गर्नका लागी हातमा लिएको शाओमी रेडमी नोट ६ प्रोमा आगलागी

Technology Khabar २३ माघ २०७६, बिहीबार

मर्मत गर्नका लागी हातमा लिएको शाओमी रेडमी नोट ६ प्रोमा आगलागी

काठमाडौं ।

काठमाडौं । स्मार्टफोनमा आगलागी भएको घटनाहरु आजकल बेलाबेलामा सुनिँदै आइरहेको छ । हालै भारतको गुजरात राज्यमा यस्तै स्मार्टफोनमा आगलागी भएको खबर सार्वजनिक भएको छ ।

खबर अनुसार उक्त स्मार्टफोन चिनियाँ स्मार्टफोन मेकर कम्पनी शाओमीको शाओमी रेडमी नोट ६ प्रो हो ।

गुजरातको एक दैनिक पत्रिकामा छापिएको रिर्पोटअनुसार एक टेक्निशियनले मोबाइललाई मर्मत गर्नका लागी फोनको ब्याक प्यानल खोल्ने कोशिस गरिरहेको बेला फोनमा आगो लागेको हो । फोनबाट पहिले धुवाँ निस्कन थालेको र लगत्तै आगलागी भएको हो । यद्पी यस घटनाबाट कसैलाई कुनैपनि प्रकारको चोट भने लागेन ।

ग्याजेट्स ३६० को खबरअनुसार शाओमीका एक प्रवक्ता ले एक वयान जारी गर्दै गुजरातमा रेडमी नोट ६ प्रो मा आगो लागेको घटनापछि आफुहरुको टिमले प्रयोगकर्तालाई भेटेको बताए । उनले फिजिकल्ली ड्यामेज उक्त स्मार्टफोनलाई रिपेयरका लागी एक लोकल शपमा लगिएको र शपका अनरले यसलाई मर्मत गर्नुको सट्टा झन नोक्सान पुर्याएको बताउँदै यस बारेमा आफुहरुको प्रयोगकर्तासँग भएको कुराकानी पस्चात यस घटनालाई बन्द गरिएको जानकारी दिए । त्यस्तै उनले प्रयोगकर्ताहरुलाई कम्पनीको अथोराइज्ड सर्भिस सेन्टरमा मात्रै आफ्ना स्मार्टफोन मर्मत गर्न आग्रह पनि गरे । एजेन्सी

easy care

प्रकाशित: २३ माघ २०७६, बिहीबार