सामाजिक संजाल फेसबुकको १६ वर्षे यात्रामा विश्वभर २ अर्ब प्रयोगकर्ता

Technology Khabar २३ माघ २०७६, बिहीबार

सामाजिक संजाल फेसबुकको १६ वर्षे यात्रामा विश्वभर २ अर्ब प्रयोगकर्ता
Classic Tech

काठमाडौं । ४ फरवरी वर्ष २००४ मा मार्क जुकरबर्ग र हार्वर्ड यूनिभसिटीका उनका चार साथीहरु मिलेर एक सोशल नेटवर्किंग प्लेटफर्म द फेसबुक को सुरुवात गरेका थिए, ताकी हार्वर्ड युनिभर्सिटका विद्यार्थीहरुलाई डिजिटल्ली कनेक्ट गर्न सकियोस् । यस तरिकाले सुरु भएको फेसबुकले हाल १६ वर्ष पार गरिसकेकको छ ।

यस वर्ष फेसबुकले आफ्नो १६औं जन्मदिन मनाईरहँदा फेसबुक माथि कयौँ आरोप लागेको छ र कम्पनी कयौँ पटक डाटा प्राइभेसीसँग सम्वन्धित विवादहरुमा तानिएको छ । तर यि आरोप र विवादहरुका बिच आज फेसबुकको प्रयोगकर्ताहरुको संख्या २ अर्ब माथी पुगेको छ ।

यस यात्राको कुरा गर्दा फेसबुकमा लगानी गर्ने पहिलो बाहिरी लगानिकर्ता भेन्चर क्यापिटलिस्ट र पेपलका को–फाउन्डर पिटर थिलले जून २००४ मा यसमा ५,००,००० डलर लगानी गरेका थिए । फेसबुकले २००४ को अन्त्य सम्ममा नै १ मिलियन प्रयोगकर्ताको माइलस्टोन हासिल गरिसकेको थियो ।

फेसबुक आउनु अघि जुकरबर्गले फेसमास लाई बनाएका थिए । २००३ मा जुकरबर्गले युनिभर्सिटीको डाटाबेसलाई ह्याक गरेर यसमा भएका फोटोहरु लाई उक्त फेसमास एपमा लाइभ अपलोड गरेका थिए । पछि हार्वर्ड प्रशासनले वेबसाइडलाई शट डाउन गरे र मार्क जुकरबर्गलाई सुरक्षा भंग गरेको, कपीराइटको उल्लघंन गरेको र व्यक्तिगत गोपनियताको उल्लघंग गरेको आरोप लगाइएको थियो । यद्पी पछि उनलाई यस आरोपबाट मुक्त गरिएको थियो ।

मार्च २००४ सम्ममा द फेसबुक आइभी लीग युनिभर्सिटीहरु जस्तै येल र कोलम्बियामा पनि भाइरल भइसकेको थियो । वर्ष २००५ को अगस्टमा फेसबुकले आफ्नो डोमेन नेम बाट द लाई हटाएको थियो र कम्पनीले २,००,००० डलरमा अबाउटफेस कर्पोरेशनबाट फेसबुक.कम डोमेन नेमलाई किनेको थियो । २००५ को अन्त्य सम्म फेसबुकको विस्तार यूकेका यूनिभसिर्टीहरुमा पनि भइसकेकोे थियो र यसमा फोटो अपलोड गर्नसक्ने फीचर पनी आइसकेको थियो । यतिबेलासम्म फेसबुकले ६० लाख प्रयोगकर्ताको संख्यालाई पार गरिसकेकको थियो ।

वर्ष २००६ मा फेसबुकले दुई महत्वपुर्ण फिचरहरु लन्च गरेको थियो । पहिलो, फेसबुकमा ईमेल एड्रेस सँगै १३ वर्षभन्दा बढि उमेरकाले मात्र प्रयोग गर्न सक्ने बनाइएको थियो भने दोस्रो यसमा न्युज फिडको सुरुवात भएको थियो । यसपछि फेसबुक नोट्स पनि आएको थियो जुन लेखकहरु र कविहरु बिच निकै चर्चित बन्न पुग्यो ।

यसरी नै फेसबुकको कारोवारमा वृद्धि हुन थाल्यो । फेरी २०१२ अप्रिलमा फेसबुकले १ बिलियन डलरमा इन्स्टाग्रामलाई किन्यो । त्यस्तै २०१४ फरवरीमा कम्पनीले १६ मिलियन डलरमा ह्वाट्सएको स्वामित्वलाई आफ्नो बनायो । यसको एक महिनापछि फेसबुकले भर्चुअल रिएलिटी कम्पनी ओकुलस भिआर, इन्स लाई पनि २ बिलियन डलरमा किन्यो ।

फेसबुकलाई आजसम्म कयौँ आरोप लागेको छ तरपनि कम्पनी अझै मजबुतीका साथ अघि बढिरहेको छ । एजेन्सी

प्रकाशित: २३ माघ २०७६, बिहीबार

Comments are closed.

Loading...