गूगल फोटोजबाट यूजरहरुको पर्सनल भिडियोहरु लीक, तपाईँ पनि हुन सक्नुहुनेछ प्रभावित

Technology Khabar २३ माघ २०७६, बिहीबार

गूगल फोटोजबाट यूजरहरुको पर्सनल भिडियोहरु लीक, तपाईँ पनि हुन सक्नुहुनेछ प्रभावित

काठमाडौं ।

काठमाडौं । गूगलले आफ्नो गूगल फोटोजमा राखिएको युजरहरुको पर्सनल भिडियोहरु अन्य यूजरहरुसँग शेयर गरेको छ । जसलाई गूगलले आफुहरुबाट गल्ती भएको भन्दै माफी पनि मागेको छ ।

पर्सनल भिडियो शेयर भएका युजरहरुमा तपाईँको पनि भिडियोहरु परेको हुन सक्ने छ ।

गूगलले केहि प्रयोगकर्ताको क्लाउड डेटा कुनै दोस्रो पक्षलाई प्रदान गरेको छ । जसबाट यूजरको पर्सनल फोटोहरु र भिडियोहरु नचिनेको पक्षको हातमा पुगेको छ । यसबारे गूगलले यूजरहरुलाई अलर्ट गर्न सुरु गरेको छ ।

गूगल टेकआउटमा गूगल सफ्टवेयरबाट ब्याकअप डाउनलोड गर्न सकिन्छ । ९टुगूगलको एक रिपोर्टअनुसार गूगल टेकआउटमा केहि टेक्निकल अवरोध पाइएको र जसको कारणले यूजरहरुको फोटोज र भिडियोज अर्काइभ दोस्रो पक्षसँग शेयर गरिएको छ ।

हालसम्म बग कुन थियो भन्ने स्पस्ट भएको छैन । गूगलले यस अवरोधबाट प्रभावित यूजरहरुलाई अलर्ट गर्न सुरु गरेको छ ।

कम्पनीले गूगल फोटोज अकाउन्टबाट एक वा यसभन्दा बढि भिडियोहरु यस इश्युबाट प्रभावित भएको बताएको छ । यद्पी गूगलले यसबाट ०.०१ प्रतिशत यूजरहरु प्रभावित भएको जनाएको छ । महत्वपुर्ण कुरा यस अवरोधबाट टेकआउटसँग डेटा रिक्वेस्ट गरेकोहरु मात्र प्रभावित भएका छन । गूगल फोटोजको विश्वभरमा करोडौँ प्रयोगकर्ताहरु रहेका छन र यसको माध्यमबाट डेटापनि निकै ठुलो हुन्छ ।

गूगलका एक प्रवक्ताले ९टुगूगल सँग २१ नोभेम्बरदेखी २५ नोभेम्वरसम्म आफ्ना फोटोहरु गूगलमा एक्स्र्पोट गर्नेहरु यस बगबाट प्रभावित हुनसक्ने बताएका छन्। जसलाई आफुहरुले नोटिफाई गर्ने बताए ।

गूगलले यस इस्युलाई ठिक गरिसकेको र आउँदा दिनमा यस्तो हुन नदिन डेप्थ एनालाइशिस गरिएको बताएको छ । रिर्पोटमा यसका लागी कम्पनीले माफी पनि मागेको उल्लेख गरिएको छ । एजेन्सी

Sajilo Visa

प्रकाशित: २३ माघ २०७६, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार