पोकोले गर्यो पोको एक्स २ स्मार्टफोन लन्च, शाओमी रेडमी के३० स्मार्टफोनको रिब्रान्डिङ्ग

Technology Khabar २३ माघ २०७६, बिहीबार

पोकोले गर्यो पोको एक्स २ स्मार्टफोन लन्च, शाओमी रेडमी के३० स्मार्टफोनको रिब्रान्डिङ्ग

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी शाओमीले गएको वर्षको अन्त्यमा चीनमा रेडमी के३० स्मार्टफोन लन्च गरेको थियो । हाल भारतमा यसै स्मार्टफोनलाई रिब्रान्ड गरेर पोकोले पोको एक्स २ को नामले लन्च गरेको छ ।

पोकोले आफू स्वतन्त्र ब्राण्ड भएसँगै यो पहिलो स्मार्टफोन बजारमा लन्च गरेको हो । यस स्मार्टफोनको बिशेषता यसमा १२०एचजेड रेट रहेको डिस्प्ले दिईएको छ ।

पोको एक्स२ मा साइड माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर प्रदान गरिएको छ । पोको एक्स२ को तीन भेरिएन्टहरु लन्च गरिएको छ । जसको भारतमा सुरुवाती मुल्य १५,९९९ भारु रहेको छ । टप मोडलमा ८जीबी र्याम र २५६ जीबी स्टोरेज रहेको छ । यस मोडलको मुल्य १९,९९९ भारु रहेको छ ।

यस स्मार्टफोनको डिस्प्ले ६.६७ इन्चको फुल एचडिप्लस १२०एचजेड रिफ्रेश रेटको रहेको छ । यसमा क्वालकम स्नापड्रयागन ७३०जी प्रोसेसर प्रदान गरिएको छ । यस फोनको रियरमा क्वाड क्यामरा सेटअप रहेको छ । जसको प्राइमरी क्यामरा ६४ मेगापिक्सेलको रहेको छ । त्यस्तै ८ मेगापिक्सलको सेकेन्डरी र २ मेगापिक्सलको दुईओटा लेन्स रहेको छ ।

स्मार्टफोनको फ्रन्ट क्यामराको कुरा गर्दा यसमा डुअल फ्रन्ट क्यामरा रहेको छ । जसको प्राइमरी क्यामरा २० मेगापिक्सेलको र सेकेन्डरी क्यामरा २ मेगापिक्सेलको रहेको छ । यसमा ४,५००एमएएच पावरको ब्याट्री रहेको छ । जसले २७ वाट फास्ट चार्जिंगलाई सर्पोट गर्दछ । यस स्मार्टफोनको सफ्टवेयर एन्ड्रोएड १० मा आधारित एमआईयूआई ११ रहेको छ, जुन पोकोको लागी भनेर नै कस्टमाइज गरिएको हो ।

यसको कनेक्टिभिटिमा ४जी भीओएलटिई, डुअल सिम सर्पोट, माउन्टेन फिङ्गरप्रिन्ट सेन्सर, यूएसबी टाइप सी र हेडफोन ज्याक रहेका छन् ।

तीन स्मार्टफोनको मेमोरी भेरिएन्टहरुको कुरा गर्दा यो ६जीबी र्याम प्लस ६४जीबी स्टोरेज, ६जीबी र्याम प्लस १२८ जीबी स्टोरेज र ८जीबी र्याम प्लस २५६ जीबी स्टोरेज आउँछ।

यस स्मार्टफोनको बिक्री भारतमा ११ फरवरीबाट सुरु हुने छ । यसलाई एटल्यान्टिस ब्ल्यु, मेट्रिक्स पर्पल र फिनिक्स रेड कलर अप्सनमा किन्न सकिने छ । भारतमा पहिले यो फ्लिपकार्डमा लन्च उपलब्ध हुने छ । कम्पनीले लन्च अफरको रुपमा आईसीआईसी बैंकको क्रेडिट कार्डबाट खरिदगर्ने ग्राहकलाई १,००० भारु छुटको ब्यवस्था गरेको छ ।

प्रकाशित: २३ माघ २०७६, बिहीबार

Comments are closed.

Loading...