म्यानमार सरकारद्धारा विभिन्न ५ शहरहरुमा मोबाइल इन्टरनेट सेवामा रोक

Technology Khabar २२ माघ २०७६, बुधबार

म्यानमार सरकारद्धारा विभिन्न ५ शहरहरुमा मोबाइल इन्टरनेट सेवामा रोक

काठमाडौं ।

काठमाडौं । म्यानमारले आगामी ३ महिनाका लागि विभिन्न ५ शहरहरुमा इन्टरनेट सेवा संचालनमा रोक लगाएको छ ।

म्यानमारको मिनिष्ट्र अफ ट्रान्सपोर्ट एण्ड कम्युनिकेशन्सले सम्पूर्ण मोबाइल अपरेटरहरुलाई निर्देशन दिँदै राखिने र चीने राज्यहरुका ५ वटा शहरहरुमा मोबाइल इन्टरनेट पहुँचमा रोक लगाउन भनेको हो ।

यो शटडाउनमा भ्वाइस र एसएमएस सेवाहरु भने शुचारु नै हुनेछन् । र यो प्रतिबन्ध फरबरी ३ तारिख विहान १० बजेदेखि नै लागू भएको छ ।

टेलिनोर म्यानमारले प्रभावित क्षेत्रका आफ्ना ग्राहकहरुलाई एसएमएसको माध्यमबाट इन्टरनेट सेवाहरुको प्रतिबन्धको बारेमा जानकारीहरु उपलब्ध गराईरहने बताएको छ ।

म्यानमारको सो मन्त्रालयले सूरक्षा आवश्यकता र सार्वजनिक चासोका कारण सो निर्णय गरिएको उल्लेख गरेकोछ । ती शहरहरुमा आगामी ३ महिनासम्म इन्टरनेट सेवामा रोक लाग्नेछ । यसअघि पनि ती ५ शहरहरुमा सन् २०१९ मा जून २० देखि अगस्ट ३१ सम्म डाटा नेटवर्क बन्द गरिएको थियो ।

सेवा बन्दको नकारात्मक असरबाट बचाउन र संचार सेवालाई निरन्तरता दिन टेलिनोर म्यानमारले प्रभावित शहरहरुका लागि अन्तर्राष्ट्रिय कर दरहरु कटौती गरेको जानकारी दिएको छ । एजेन्सी

easy care

प्रकाशित: २२ माघ २०७६, बुधबार