वनप्लस ८ र वनप्लस ८ प्रो अमेजन इन्डियाको पेजमा देखियो, क्वालकम स्न्यापड्रयागन ८६५ प्रोसेसर हुने

Technology Khabar २२ माघ २०७६, बुधबार

वनप्लस ८ र वनप्लस ८ प्रो अमेजन इन्डियाको पेजमा देखियो, क्वालकम स्न्यापड्रयागन ८६५ प्रोसेसर हुने
वनप्लस ७ टी प्रो

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर वनप्लसले यस वर्ष केहि नयाँ स्मार्टफोन लन्च गर्दैछ । वनप्लस ७ र वनप्लस ७ प्रो पछि अब कम्पनीले वनप्लस ८ लाई सार्वजनिक गर्ने पालोमा राखेको छ ।

हालै सोही वनप्लस ८ र वनप्लस ८ प्रो को बारेमा अमेजन एफ्लिएट पेजमा जानकारी पाईएको छ ।

कम्पनीले हाल सम्म यी स्मार्टफोनको बारेमा अफिशियल घोषणा भने गरेको छैन् । रिर्पोटहरुकाअनुसार ई–कमर्स वेबसाइटमा अमेजनको एक लिस्ट अगाडी आएको छ जसमा वनप्लस ८ र वनप्लस ८ प्रो को विज्ञापनको मूल्य लेखिएको छ ।

अमेजन एफ्लिएट पेजमा फिक्स्ड एडर्भटाइजिंगको बारेमा लेखिएको छ र यी दुबै स्मार्टफोनहरुको बारेमा उल्लेख छ । विज्ञापनको यस डिटेलबाट कम्पनीले यि स्मार्टफोनहरुलाई चाँडै लन्च गर्न सक्ने आशा गरिएको छ ।

वनप्लस ८ र वनप्लस ८ प्रो को बारेको यो जानकारी अमेजन एफ्लिएटमा देखेर एक ट्विटर यूजर दिभ्यमडिभिले शेयर गरेका हुन । हाल कम्पनीले यसलाई वेबसाइटबाट हटाइदिएको छ ।

वनप्लसको यी दुई स्मार्टफोनसँग जोडिएको केहि जानकारी पछिल्लो केहिदिन देखी लीक भइरहेको छ । यी दुई स्मार्टफोनमा १२०एचजेड क्वाड एचडिप्लस डिस्प्ले हुन सक्नेछ । कम्पनीले यि स्मार्टफोनमा क्वालकम स्न्यापड्रयागन ८६५ प्रोसेसर राख्न सक्ने खबरहरु सार्वजनिक भएका छन् ।

रिर्पोटकाअनुसार वनप्लस ८ सीरीजसँगै कम्पनीले यसपटक वायरलेस चार्जिंगको अप्शन पनि प्रदान गर्न सक्ने छ । यि स्मार्टफोनहरु एन्ड्रोएड १० मा आधारित अक्सिजन ओएसमा चल्ने छ । वनप्लस ८ प्रो मा कर्ब्ड डिस्प्लेसँगै क्वाड क्यामरा सेटअप रहन सक्ने छ ।

वनप्लससँग जोडिएको अर्को एक रिर्पोटको कुरा गर्दा कम्पनीले आफ्नो कन्सेप्टवान फोनलाई भारतमा ल्याउने तयारीमा रहेको उल्लेख छ । तर यो बिक्री बितरणका लागी नभई कम्पनको फ्यान्स रजिस्ट्रेशन गर्दै सेल टिमसँग सवाल जवाफ कार्यक्रमको लागी ल्याउन लागिएको हो । एजेन्सी

प्रकाशित: २२ माघ २०७६, बुधबार

Comments are closed.

Loading...