नोकिया सि १ स्मार्टफोन अब नेपाली बजारमा, ३६५ दिनको रिप्लेसमेन्ट सुबिधा

Technology Khabar २१ माघ २०७६, मंगलवार

नोकिया सि १ स्मार्टफोन अब नेपाली बजारमा, ३६५ दिनको रिप्लेसमेन्ट सुबिधा
नोकिया सी १

काठमाडौं । नयाँ नोकिया स्मार्टफोन सि वान नेपाली बजारमा उपलब्ध भएको छ । ३६५ दिनको रिप्लेसमेन्ट सुबिधा भएको यस स्मार्टफोनको बजार मुल्य रु. ६,४९९/– रहेको छ ।

नोकिया मोबाइलको नेपालको लागि आधिकारीक वितरक टेलिटक प्रा. लि. ले बेस्ट बजेट स्मार्टफोन भएकाले नोकिया सि वान ग्राहकहरुद्धारा अत्याधिक रचाउने विश्वास व्यक्त गरेको छ ।

यस फोनमा १जीबी र्याम र १६ जीबीको स्टोरेज रहेको छ, जसमा माइक्रोएसडी कार्ड ६४जीबी सम्मको प्रयोग गर्न सकिनेछ । नोकिया सि वानमा २०५० एमएएचको रिमुभेबल ब्याट्री रहेको छ ।

नोकिया नोकिया सि १ रकेटमा एफएम रेडियो र डुअल सीम राख्न सकिन्छ । यसमा एलटिई सपोर्ट नभई थ्रीजी सपोर्ट रहेको छ । र साथै यसले वाईफाई ४ सपोर्ट गर्दछ ।

यो फोनको मुख्य फोकस एन्ड्रोयड ९ गो संस्करणमा राख्न सकिन्छ । यसले डाटा प्रयोग घटाउन मद्दत गर्दछ जुनप्रविधि स्मार्टफोनकालागि राम्रो कुरा हो ।

साथै कम्पनीले नोकियाको बार फोनहरुमा पनि ३६५ दिन को ग्यारेन्टी सुबिधा दिएको छ । यी फोनहरु गुणस्तरीय, बलियो र आकर्षक देखिन्छन् ।

फोनमा मुख्य र सेल्फी क्यामरा दुबै ५ मेगापिक्सेलको रहेको कम्पनीले जनाएको छ ।Nokia

प्रकाशित: २१ माघ २०७६, मंगलवार

Comments are closed.

Loading...