नबिल बैंकद्वारा नबिल सजिलो एक्सप्रेस कर्जा सार्वजनिक

Technology Khabar २१ माघ २०७६, मंगलवार

नबिल बैंकद्वारा नबिल सजिलो एक्सप्रेस कर्जा सार्वजनिक

काठमाडौं ।

काठमाडौं । नबिल बैंकले साना तथा मझौला उद्यम कर्जाको नयाँ प्रस्तुतिका रुपमा नबिल सजिलो एक्सप्रेस कर्जा योजना जारी गरेको छ । कर्जा सम्बन्धी निर्णय प्रकृयालाई गति दिदै जोखिममा आधारित मूल्यांकन सहित कर्जा प्राप्ताङ्कका आधारमा यो योजना आरम्भ गरिएको हो ।

सरल र शीघ्र प्रशोधन सहित अधिकतम १०.५∞ को ब्याजदरमा यो कर्जा उपलब्ध हुनेछ । नबिल सजिलो एक्सप्रेस कर्जा देशका सातै वटा प्रदेशमा लैजाने अभियानका क्रममा, यो कर्जा डिसेम्बर २३, २०१९ मा प्रदेश ३, काठमाण्डौबाट सुभारम्भ गरिएको छ ।

यसै क्रममा उक्त नयाँ एस. एम. ई कर्जा प्रदेश नं. ५ को भैरहवामा आयोजित एक समारोहका बीच उद्घाटन भएको छ । सो समारोहमा सिद्घार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्ययÔ उज्वल कसजु तथा तिलोतमा उद्योग वाणिज्य संघका उपाध्ययक्ष राम चन्द्र पाण्डेको उपस्थिती रहेको थियो ।

योजनाको शुभारम्भ अवसरमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले नबिल सजिलो एक्सप्रेस कर्जा देशका विभिन्न क्षेत्रमा रहेका साना तथा मझौला व्यवसायीहरुको अवश्यकताहरुलाई सम्बोधन गर्ने उद्धेश्यले ल्याइएको बताए ।

हामी यहाँहरुको समय र व्यवसायिक सपनाको सम्मान गर्दछौं । अतः हामीले कर्जा प्रशोधन प्रकृयालाई छिटोछरितो, सहज र सरल बनाउने दिशामा नबिल सजिलो एक्सप्रेस कर्जा जस्ता रचनात्मक योजनाहरु अघि सार्दै साना तथा मझौला उद्यमका ग्राहकको पहिलो रोजाइ बन्नेछौं ।” उनले भने ।

साना तथा मझौला उद्यमको विकासका निम्ति नबिल बैंक र यूकेएड सक्षम एक्सेस टू फाइनान्स मिलेर सहकार्य गरिरहेका छन् ।

Global Bank
easy care

प्रकाशित: २१ माघ २०७६, मंगलवार