यस्तो छ सामसङको फोल्डेवल फोन ग्यालेक्सी जेड फ्लिप, ६.७ इन्चको इनफिनिटी फ्ल्येक्स डिस्प्ले

Technology Khabar २१ माघ २०७६, मंगलवार

यस्तो छ सामसङको फोल्डेवल फोन ग्यालेक्सी जेड फ्लिप,  ६.७ इन्चको इनफिनिटी फ्ल्येक्स डिस्प्ले

काठमाडौं ।

काठमाडौं । दक्षिण कोरियन स्मार्टफोन मेकर कम्पनी सामसङले चाडै नै आफ्नो एक नयाँ फोल्डेवल स्मार्टफोन ग्यालेक्सी जेड फ्लिपलाई सार्वजनिक गर्ने तयारीमा रहेको देखिएको छ । तर यस स्मार्टफोनको लन्च अगावै यसको एक भिडियो लीक भएको छ । यो एक ह्यान्डसअन भिडियो हो जसमा ग्यालेक्सी जेड फ्लिक्स देखिएको छ ।

ग्यालेक्सी जेड फ्लिप सामसङको पहिलेको फोल्डेवल डिस्प्लेयुक्त स्मार्टफोन ग्यालेक्सी फोल्डभन्दा निकै अलग रहेको छ ।

हालैमा मोटोरोलाले मोटो रेजरलाई रि लन्च गरेको थियो र सामसङको यस स्मार्टफोनमा पनि मोडिने डिस्प्ले रहेको छ ।

ग्यालेक्स जेड फ्लिप हेर्नमा मोटो रेजर जस्तै रहेको छ, किनभने यो साइडबाट फोल्ड नभई माथिबाट फोल्ड हुने रहेको छ । यसको डिजाइन क्लामशेल रहेको छ र यससँगै यसमा कभर डिस्प्ले पनि रहेको छ । यस भिडियोलाई कन्स्पेप्ट डिजाइन गर्ने बेन गेसकिंगले शेयर गरेका हुन् ।

यस भिडियोमा पिंक कलरको स्मार्टफोन देखिएको छ । फोल्ड गर्दा यो स्मार्टफोन सानो हुने देखिएको छ भने अनफोल्ड गर्दा यो ग्यालेक्सी सीरीजका स्मार्टफोनको जस्तै लामो हुने देखिन्छ । यसमा २२.९ को एस्पेक्ट रेशियो दिईएको छ ।

रिर्पोटको अनुसार ग्यालेक्सी जेड फ्लिपमा ६.७ इन्चको एचडिआर प्लस इनफिनिटी फ्ल्येक्स डिस्प्ले दिइएको छ । यसमा पञ्चहोलको प्रयोग फ्रन्ट क्यामराको लागी गरिएको छ । यस स्मार्टफोनमा क्वालकम स्नापड्रयागन ८६६ प्लस प्रोसेसर दिईन सक्ने छ ।

कम्पनीले यस फोल्डेवल स्मार्टफोनमा ८जीबी र्यामसँगै २५६ जीबी इन्टरनल स्टोरेज दिन सक्ने छ । फोटोग्राफीका लागी यसमा १२ मेगापिक्सेलको प्राइमरी क्यामरासँगै १२ मेगापिक्सलको अल्ट्रा वाइड सेन्सर दिइने छ । सेल्फिको लागी यसमा १० मेगापिक्सेलको क्यामरा रहने छ।

कम्पनीले ११ फरवरीमा अनप्याक्ड इभेन्ट आयोजना गर्दैछ । यस इभेन्टमा कम्पनीले आफ्नो फ्ल्यागशिप स्मार्टफोन लन्च गर्ने छ । यसमा ग्यालेक्सी एस२०, एस२० अल्ट्रा शामेल रहेको छ । तर यसैबिच कम्पनीले आफ्नो फोल्डेवल स्मार्टफोन ग्यालेक्सी फ्लिपलाई पनि लन्च गर्न सक्ने अनुमान गरिएको छ ।

easy care

प्रकाशित: २१ माघ २०७६, मंगलवार