Technology Khabar २१ माघ २०७६, मंगलवार
काठमाडौं ।
काठमाडौं । टेक कम्पनी सामसङले चीनमा भएको आफ्नो आधिकारीक स्टोर केहि दिनका लागि बन्द गरेको छ ।
सामसङको चीनमा रहेको सबैभन्दा ठूलो फ्ल्यागशिप स्टोर (दि बण्ड) कोरोना भाइरस फैलने डरका कारण बन्द भएको हो । स्टोरले आधिकारीक स्टेटमेन्ट जारी गर्दै बन्द भएको जानकारी दिएको हो । स्वास्थ्य विज्ञहरुको सुझाव र सावधानी अपनाउन सो स्टोर फरबरी ९ तारिखसम्म बन्द गरिएको हो ।
तर स्टोरेले घटनालाई निरन्तर नियालीरहेको र सकेसम्म छिटो भन्दा छिटो संचालन गर्ने अपेक्षा लिएको छ । स्टोरले आफ्ना ग्राहकहरुलाई खरिदको लागि अनलाइन स्टोरहरुमा जान समेत सुझाव दिएको छ ।
सामसङको सबैभन्दा ठूलो स्टोर दि बण्ड सांघाईको नानजिङ्ग इस्ट रोडमा अवस्थित रहेको छ । यो चीनमा सामसङको पहिलो र सबैभन्दा ठूलो फ्ल्यागशिप एक्सपेरियन्स स्टोर हो । यो स्टोर सन् २०१९ अक्टोबरमा संचालनमा आएको थियो भने कम्पनीले आफ्नो मिडरेन्जको ५जी मोबाइल फोन सामसङ ग्यालेक्सी ए९० ५जी लन्च गरेको थियो ।
यसअघि अमेरिकन टेक कम्पनी एप्पलले पनि चीनमा भएका आफ्ना स्टोरहरु फरबरी ९ तारिखसम्म बन्द गर्ने घोषणा गरेको थियो । एप्पलले त रिटेल स्टोर, आधिकारीक कार्यालयहरु र कल सेन्सरहरु सबै बन्द गरेको छ ।
त्यसैगरी चिनियाँ स्मार्टफोन मेकर शाओमीले पनि चीनमा रहेको कयौं स्टोरहरु बन्द गरेको छ । एजेन्सी
प्रकाशित: २१ माघ २०७६, मंगलवार